back
CTIZAN AD

यस वर्षको भूकम्प सुरक्षा दिवस साँखुमा

वि.सं.२०७३ पुस २५ सोमवार

990 

shares

२५ पुस,काठमाडौँ  । “भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार” भन्ने नाराका साथ माघ २ गते १९ औँ भूकम्प सुरक्षा दिवस मनाइने भएको छ ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिको संयोजकत्वमा गठित १९ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा यससम्बन्धी जानकारी दिइएको हो ।

माघ २ गते आइतबार दिनको ११ः५५ बजे साँखुमा प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यक्रमको शुभारम्भ गर्नुहुनेछ । पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिने सहरी विकास तथा भवन निर्माण विभागका निमित्त महानिर्देशक एवम् प्रचारप्रसार उपसमितिका संयोजक मणिराम गेलालले जानकारी दिनुभयो ।

कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिनेछ । प्रदर्शनीमा २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालका निर्देशक विजयकृष्ण उपाध्यायले जानकारी गराउनुभयो ।

विसं २०६२ मा मुलुकका ५८ नगरपालिका, नगरपालिका घोषणा नभएका २८ वटा जिल्ला सदरमुकाम र ७६ वटा नगरोन्मुख गाविसमा राष्ट्रिय भवन संहिता लागू गरिएको थियो । ललितपुर उपमहानगरपालिकाबाट सुरु गरिएको यो कार्यक्रम हाल २१७ वटा नगरपालिकामा लागू गर्ने प्रस्ताव गरिएको छ ।

“भवन संहिताको कार्यान्वयन पक्ष चुनौतीपूर्ण छ, यसका लागि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नगरपालिकाका कार्यकारी अधिकृतसँग परामर्श गरी दुई वर्षभित्र भवन संहिता लागू गर्ने कार्य अगाडि बढाएको छ”– महानिर्देशक गेलालले भन्नुभयो ।

योजनाबद्ध तरिकाबाट भवन संहितालाई लागू गर्ने प्रक्रियालाई कार्यान्वयन गर्ने आवश्यकता महसुस गरी छ महिनाभित्र भवनलाई भूकम्पीय दृष्टिकोणले मात्र नभई अन्य प्राकृतिक विपद्ले समेत सुरक्षित हुने गरी भवन निर्माण राष्ट्रिय कार्ययोजना नेपाल सरकारबाट स्वीकृत गराई कार्यान्वयनमा लगिने सो अवसरमा जानकारी गराइएको थियो ।

पुनःनिर्माण कार्यमा करिब ६० हजार तालिम प्राप्त निर्माणकर्मीको आवश्यकता छ । आवश्यकता पूर्ति गर्न सहरी विकास मन्त्रालयबाट निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सञ्चालन कार्यविधि २०७२ स्वीकृत भएको छ ।

सरकारले विसं २०५६ देखि भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।

वि.सं.२०७३ पुस २५ सोमवार १५:०० मा प्रकाशित

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...