काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले देशको नाममा विशेषण जोड्नु आवश्यक छैन भनी दिएको अभिव्यक्तिप्रति जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले प्रश्न उठाएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत ज्ञवालीको भनाईप्रति ‘ढाँटेको कुरा काटे मिल्दैन’ भन्दै विशेषण जोड्न किन नमिल्ने भनि प्रश्न तेर्साएका हुन् ।
भट्टराईले राजतन्त्रकालमा ‘नेपाल अधिराज्य’ लेख्न मिल्ने गणतन्त्र कालमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ किन लेख्न नमिल्ने भनि प्रश्न गरेका छन् । भट्टराईले चीनले ‘जनवादी गणतन्त्र चीन’, अमेरिकाले ‘संयुक्त राज्य अमेरिका’ र भारतले ‘गणतन्त्र भारत’ लेख्ने गरेको पनि सम्झाएका छन् ।
देशको नाममा विशेषण आवस्यक छैन भने किन१.जनवादी गणतन्त्र चीन,संयुक्त राज्य अमेरिका,गणतन्त्र भारत आदि विश्वका अधिकांश देशको नाम राज्यप्रणाली अनुसार;२.राजतन्त्रमा’नेपाल अधिराज्य’लेख्ने गरेकोमा गणतन्त्र/संघीयतामा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’हुनुपर्दैन?ढाॅटेको कुरा काटे मिल्दैन! https://t.co/86CaWCVuPU
— Baburam Bhattarai (@brb1954) November 9, 2020
‘देशको नाममा विशेषण आवस्यक छैन भने किन, जनवादी गणतन्त्र चीन,संयुक्त राज्य अमेरिका,गणतन्त्र भारत आदि विश्वका अधिकांश देशको नाम राज्यप्रणाली अनुसार, राजतन्त्रमा’नेपाल अधिराज्य’लेख्ने गरेकोमा गणतन्त्ररसंघीयतामा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’हुनुपर्दैन ?’ उनले भनेका छन्, ‘ढाँटेको कुरा काटे मिल्दैन !’
वि.सं.२०७७ कात्तिक २४ सोमवार १८:०० मा प्रकाशित






























