काठमाडाैं । सुदूरपश्चिम प्रदेशले पनि कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने भएकाे छ । साेमबार मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरोकारवालासँग छलफल गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना संक्रमितको उपचारमा कुनै कमी नगर्न निर्देशन दिएका हुन् ।
उनले प्रदेशका सबै अस्पतालहरूमा अक्सिजन बेड थप्न समेत मुख्यमन्त्री भट्टले निर्देशन दिएका छन् । सञ्चारकर्मीहरूसँगकाे कुराकानीमा मुख्यमन्त्री भट्टले प्रदेशको स्वास्थ्य अवस्था र उपलब्ध उपकरणबारे जानकारी लिएका र भविष्यमा आउन सक्ने संकटलाई मध्यनजर गर्दै पूर्वाधार निर्माण गर्न निर्देशन दिए।
अस्पतालहरुका अक्सिजनको आपूर्ति नियमित राख्न र आवश्यक परेमा ५० शैयाको थप एक अस्पताल निर्माणको तयारी थाल्नसमेत उनले निर्देशन दिए। सुदूरपश्चिममा कोरोना संक्रमितको निशुल्क उपचार भइराखेको समेत उनले त्यसबखत जानकारी गराए। छलफलमा सहभागी सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले प्रदेशमा स्वास्थ्य पूर्वाधारलाई व्यवस्थित पार्ने काम भइरहेको बताए।
वि.सं.२०७७ कात्तिक २४ सोमवार १८:१६ मा प्रकाशित





























