back
CTIZAN AD

मॉ बगलामुखी सहकारीको अध्यक्षमा पुनः लक्ष्मण महर्जन निर्वाचित

वि.सं.२०७७ कात्तिक २४ सोमवार

840 

shares

२४ कार्तिक, ललितपुर । ललितपुर महानगरपालिका ११ , कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः लक्ष्मण महर्जन निर्वाचित भएका छन्।

भर्चुअल माध्यमबाट बसेको सहकारीको शनिबार बसेको ११ औं वार्षिक साधारणसभाले अधिवक्ता महर्जनलाई नै पुन निर्वाचित गरेको हो । महर्जनकोअध्यक्षता र सचिव सुनिल महर्जनको सञ्चालनमा साधारणसभा सम्पन्न भएको थियो ।

उक्त साधारणसभाले पुन ४ वर्षका लागि महर्जनको अध्यक्षतामा ७ सदस्यीय सञ्चालक समिति तथा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्विरोध चयन गरेको छ । सो सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्र तण्डुकार, सचिवमा रुजेन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा अञ्जु तण्डुकार तथा सदस्यहरुमा दिनेश महर्जन , मुकेश खड्गी र रविता तण्डुकार छन् भने लेखा सुपरिवेक्षण समितिको संयोजकमा सुवर्ण शाक्य तथा सदस्यमा करुणा महर्जन र दिलीपकुमार श्रेष्ठ चयन भएका छन्।

संस्थाका कोषाध्यक्ष रुजेन्द्रमान श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुवर्ण शाक्यले राखेको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदनलाई सभाले पारित गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा सो संस्थामा सेयर पुँजी २ कोड ५१ लाख ७ हजार ९ सय रुपैयाँ, निक्षेप संकलन १२ करोड १४ लाख ६३ हजार ४ सय ९५, कर्जा लगानी ११ करोड १७ लाख ८५ हजार ७ सय ७२ र कुल सम्पत्ति १६ करोड ०८ लाख ७६ हजार ०७२ रुपैयाँ रहेको त्यस सभाले पारित गरेको प्रतिवेदनमा उल्लेख छ।

उक्त सहकारीले आफ्नो सुविधा सम्पन्न भवन निर्माण गरेको छ भने संस्थाले फुटसल र जिमखाना सञ्चालन गरिरहेको छ । यसैगरी सोही संस्थाले तःननी बचत तथा ऋण सहकारी संस्था लिसँग सहकार्य गरी ललितपुरको शंखमुलमा लिटिल फ्लावर स्कुल सञ्चालन गरिरहेको छ ।

वि.सं.२०७७ कात्तिक २४ सोमवार १७:५२ मा प्रकाशित

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी...

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

सिटिजन्स बैंकले गर्यो सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका कार्यक्रम

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...