२५ कार्तिक, काठमडौँ । महिला टि-२० च्यालेन्जको फाइनलमा सुपरनोभाजलाई १६ रनले पराजित गदैँ ट्रेलब्लेजर्सले उपाधि आफ्नो नाममा गरेको छ ।
टस हारेर पहिले ब्याटिङ्ग गरेको ट्रेलब्लेजर्सले २० ओभरमा ८ विकेट गुमाएर ११८ रन मात्र बनाएको थियो । ट्रेलब्लेजर्सका लागि कप्तान स्मृती मंधानाले सर्वाधिक ६८ रन बनाएकी थिइन भने सुपरनोभाजका लागि राधा यादवले उत्कृष्ट बलिङ्ग गदैँ ४ ओभरमा १६ रन खर्चेर ५ विकेट लिएकी थिइन ।
ट्रेलब्लेजर्सले दिएको ११९ रनको सामान्य लक्ष्य सुपरनोभाजले पुरै २० ओभर खेल्दा पनि पुरा गर्न सकेन । सुपरनोभाजले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन मात्र बनाउन सक्यो । सुपरनोभाजकी कप्तान हरमनप्रित कौर ब्याटिङ्गमा सर्वाधिक ३० रन बनाएकी थिईन ।त्यसैगरी ट्रेलब्लेजर्सका लागि बलिङ्गका सल्मा खातुनले सर्वाधिक ३ विकेट लिएकी थिइन ।
जितसँगै ट्रेलब्लेजर्सले पहिलो पटक महिला टि-२० च्यालेन्जको उपाधि आफ्नो नाममा गरेको छ ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार ०९:४८ मा प्रकाशित


























