back
CTIZAN AD

प्राविधिक जागिर छाडेर दूग्ध व्यवसायमा

वि.सं.२०७७ कात्तिक २६ बुधवार

792 

shares

२६ कात्तिक, सल्यान । प्राविधिक जागिर छोडेर दूग्ध व्यवसाय सञ्चालन गरेका एक व्यावसायीले वार्षिक ३० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् ।

वागचौर नगरपालिका–७ का प्रेमबहादुर डिसीले व्यवसाबाट स्वरोजगार हुँदै १५ जना स्थानीयलाई रोजगारी दिएका छन् ।
दैनिक ४० लिटरबाट दूध संकलन गरेका व्यवसायी डिसीले अहिले दैनिक तीन हजार लिटरभन्दा बढी दूध संकलन गर्दै आएका छन् । अहिले उनको जीवन डेरी उद्योगकोबाट पहिलोपटक जिल्लाबाहिर पनि दूध निर्यात हुन थालेको छ ।

विसं. २०६९ सालमा लघु उद्यम विकास कार्यक्रममा कृषि उद्यम विकास सहजकर्ताको जागिर छाडेर व्यवासय सञ्चालन गरेका डिसीले अहिले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाबाट समेत दूध संकलन शुरु गरेको बताउछन् । उद्योगबाट हाल दुइ जिल्लाका पाँच सयभन्दा बढी लाभ लिइरहेका छन् ।

विसं. २०६८ मा जिल्ला पशु सेवा कार्यालय सल्यानले दूध उत्पादनको सर्वेक्षण अनुसार जिल्लामा दैनिक १० हजार लिटर दूध उत्पादन हुन्छ । दूध बिक्री हुन थालेपछि भैसीपालनतर्फ किसानहरु आकर्षित भएको डिसीले जानकारी दिए ।व्यवसाय सञ्चालनका लागि हालसम्म करिब एक करोड ५० लाखभन्दा बढी लगानी गरिएको उनको भनाइ छ ।

किसानहरुले दूध उत्पादन गरी बिक्री वितरणबाट राम्रो आम्दानी गर्न थालेपछि दार्मा गाउँपालिकाले व्यावसायिक भैँसीपालनका लागि भैसी तथा राँगा समेत वितरण गरेको जनाएको छ । (रासस)

वि.सं.२०७७ कात्तिक २६ बुधवार १०:५० मा प्रकाशित

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...