back
CTIZAN AD

सहमती बिना डाकिएको नेकपा सचिवालय बैठक, कसका एजेण्डा के ?

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

783 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजेदेखि बस्नेछ ।

सचिवालय बैठक प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टी महासचिव विष्णुप्रसाद पौडेलले बोलाएका हुन् ।

पार्टीभित्र विवाद चर्किदैं गएपछि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका ५ सचिवालय सदस्यले बैठक बोलाउन माग गर्दै गत कात्तिक २२ मा लिखित पत्र बुझाएका थिए । बैठक सोही लिखित पत्रको माग बमोजिम बस्न लागेको हो ।

यसबीच बैठक बोलाउन प्रधानमन्त्री ओलीले अस्वीकार गरेसँगै प्रचण्डसहितका ५ सचिवालय सदस्यहरु २ पटकसम्म अनौपचारिक बैठक बसिसकेका छन् ।

बैठकमा आ–आफ्नै रणनीति

हालसम्म नेकपामा बैठक बस्नुअघि कुन–कुन एजेण्डामा छलफल गर्ने भन्ने विषय दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको परामर्शपछि तय हुने गरेको थियो । तर, विवादका कारण दुई अध्यक्षबीच सहमती नहुँदा बैठकका एजेण्डा के हुने भन्ने स्पष्ट छैन् ।

आज बोलाइएको सचिवालय बैठकमा के–कस्ता एजेण्डा हुने भन्नेबारे दुवै पक्षले आन्तरिक रणनीति बनाईरहेका छन् । प्रचण्डले आफुँ निकटका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवत्ता नारायणकाजी श्रेष्ठसँग परामर्श गरिरहेका छन् भने ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलसँग परामर्श गरिरहेका छन् ।

बैठकमा प्रचण्ड पक्षले सरकार सञ्चालन, पार्टी विवादलगायतका विषयमा विस्तृत एजेण्डा उठाउने तयारी गरेको बुझिएको छ ।

जानकारीअनुसार प्रचण्ड पक्षले हालसम्मका सहमती र अध्यक्ष ओलीको भूमिकाबारे समिक्षा गर्न चाहेको छ । गत भदौ २६ मा सम्पन्न स्थायी कमिटी बैठकका निर्णय र त्यसपश्चात ओलीले गरेको नियुक्ती र मन्त्रिपरिषद पुनर्गठनको विषयलाई जोडदार उठाउने प्रचण्ड पक्षको तयारी छ ।

यता ओली पक्षले भने प्रचण्ड पक्षको प्रस्तुतिअनुसार रणनीति तय गर्ने तयारीमा रहेको बुझिन्छ ।

बामदेव र बादलको उपस्थितिप्रति दुवै पक्षको चाँसो

नेकपाभित्रको विवादमा उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ले खेल्ने भूमिकाप्रति सबैको चाँसो रहन्छ । उनीहरुको भूमिका नै हालसम्म निर्णायक हुँदै आएको छ ।

अध्यादेश प्रकरणपछि गत वैशाख २० र ओलीको राजीनामा माग पछि गत साउन १३ मा बामदेवले खेलेको भूमिकाले समग्र नेकपाभित्रको विवाद नै फरक ढंगले मोडिएको थियो । दुवै समय बामदेवले खेलेको भूमिकाले ओलीलाई सत्ता जोगाउन सहज बनाएको थियो ।

बामदेवसँगै बादलले खेलेको भूमिकाले पनि कुन पक्षको रणनीति अगाडि जाने भन्ने देखिन्छ । पछिल्लो समय बादल ओली नजिक देखिएका छन् । निर्णायक बैठकको चरणमा यी दुवै पात्रको भूमिकाले कुन पक्ष जोगिने भन्ने निर्धारण गर्छ । शुक्रबारको बैठकमा पनि दुवै नेताको भूमिकालाई निकै चाँसोका साथ हेरिएको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १५:१९ मा प्रकाशित

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...