२८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक सकिएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा अन्य ठोस निर्णय हुन नसके पनि मंसिर ३ गते पुनः सचिवालयको बैठक बस्ने निर्णय भएको छ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले तयार पारेको राजनीतिक प्रतिबेदन, प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाँचजनाको बैठक माग सम्बन्धी प्रतिउत्तर पत्र, प्रचण्डले व्यक्तिगत रुपमा ओलीलाई लेखेको पत्र, कर्णाली विवाद लगायतको विषय एवं यसअघिका अन्तरपार्टी निर्देशिकाहरु संलग्न गरी सचिवालय सदस्यहरुलाई अध्ययनका लागि बाँडिएको र यी सबै प्रस्तावमा सबैको राय लिइने समझदारी भएको छ ।
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १८:०४ मा प्रकाशित






























