back
CTIZAN AD

सरकारको ध्यानाकर्षण गराउँदै एनआरएनए हङकङ भन्छ ‘चेकजाँचमा कतै लापरवाही पो भयो की !

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

570 

shares

२८ कार्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संंघ राष्ट्रिय समन्वय परिषद् हङकङले कोरोना जाँचको विश्वसनीयता सन्दर्भमा नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल वायुसेवा निगमको बिगत दुई वटा उडानमा कोरोना संक्रमितहरुको संख्या भेटिएपछि हङकङ सरकारले १५ दिन सस्पेन्स गरेको तर्फ सरकारको ध्यानाकर्षण गराइएको हो ।

एनआरएनए हङकङका अध्यक्ष राधिका गुरूड (टिका)को नेतृत्वमा गएको टोलिले हङकङस्थित नेपाली महावाणिज्यदूतावासका कार्यवाहक महावाणिज्यदूतमार्फत उक्त ज्ञापनपत्र सरकारलाई पठाएको छ ।

ज्ञापनपत्रमा चेकजाँचमा कतै लापारवाही भयो वा सम्बन्धित निकायको एथेष्ट ध्यान नपुगेको हो त्यसविषयलाई गम्भिरताका साथ उठान गर्न /गराउन अनुरोध गरिएको छ ।

संघले कोरोना रिपोर्ट जाँच गर्न नेपाल सरकारले जिम्मेवारी दिएको हस्पिटल वा ल्याबमा नै कतै कमि कमजोरी भएको हो की भन्ने आशंका गर्दै सम्बन्धित ठाउँबाट कुनै कमि कमजोरी भए नभएको जाँचबुझ तथा निगरानी गर्न पनि भनिएको छ ।

सरकारले यसबारेमा ध्यान नदिए नेवानीको उडान अनिश्चित कालको निम्ति सस्पेन्स हुन सक्नेतर्फ सजग गराइएको छ ।
यो देशको प्रतिष्ठाका साथै हङकङमा बस्ने नेपालीहरुसँगसमेत प्रत्यक्ष रुपमा जोडिएको बिषय भएको ज्ञापनपत्रमा उल्लेख छ ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको कोभिड ९ १९ उच्चस्तरिय समिति, नेपाल सस्कृति तथा उड्यन मन्त्रालय, नेपाल बायुसेवा निगम, काठमाडौँ र नेपाल वायुसेवा निगमको कार्यालय हङकङलाई समेत ज्ञापनपत्र बोधार्थ गरिएको छ ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १७:३५ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...