back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा कात्तिक २८ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

621 

shares

२८ कात्तिक, काठमाडौं । नेपालमा शुक्रबार (२८ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ९३ हजार ८५० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९५३३ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३७ हजार २२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७,९७३ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ४९ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३८७ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ४९, प्रदेश २ मा १४, बागमती प्रदेशमा १६८, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ७१, कर्णाली प्रदेशमा ११ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३८७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १२ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ६१ जना, गण्डकी प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा १ जना गरी जम्मा ८७ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ९८६ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका २१११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । साथै आज ३५३७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।
आज १३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२०२ पुगेको छ ।

आज देशैभरी २१११ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकामा १२०७ जनासहित देशैभरी २१११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९१९, ललितपुरमा १८० र भक्तपुरमा १०८ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ५६, ताप्लेजुङमा १, तेह्रथुममा ५, धनकुटामा ३, पाँचथरमा ४, भोजपुरमा १, मोरङमा १०८ र संखुवासभामा ३, सुनसरीमा १०८ र सोलुखुम्बुमा ७ गरी प्रदेशमा ३१४ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १५, पर्सामा ७, बारामा २, महोत्तरीमा ७, रौतहटमा ३, सप्तरीमा १६, सर्लाहीमा ६ र सिराहामा १९ जना गरी प्रदेशमा आज ७५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ९१९, काभ्रेपलान्चोकमा ४०, चितवनमा १४, दोलखामा ७, धादिङमा १७, नुवाकोटमा १७, भक्तपुरमा १०८, मकवानपुरमा २५, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १८०, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ६ जना गरी प्रदेशमा आज १३४६ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ७६, गोरखामा ५, तनहुँमा ४, नवलपरासीपूर्वमा ४७, पर्वतमा ३, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा ६ र स्याङजामा १० जना गरी प्रदेशमा आज १५५ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको कपिलवस्तुमा ५, गुल्मीमा ६, दाङमा ८, नवलपरासीमा ७, पाल्पामा १९, प्युठानमा ४, बर्दियामा १५, बाँकेमा ३३, रुपन्देहीमा ४० र रोल्पामा ७ जना गरी प्रदेशमा आज जम्मा १४४ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा दैलेखमा १, रुकुमपश्चिम १, सल्यान २, सुर्खेतमा ३ हुम्लामा १ गरी प्रदेशमा आज ८ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा ११, कैलालीमा ४१, डोटीमा ९, दार्चुलामा ३, बझाङमा ४ र बझाङमा ४ जना गरी प्रदेशमा आज ६९ जना जना संक्रमति थपिएसँगै आज देशैभरी २१११ जना संक्रमित थपिएका छन् । जसमा महिला ८५४ र पुरुष १२५७ जना रहेका छन् ।

आज थपिएका २१११ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ६ हजार ३५३ पुगेको छ ।

आज एकैदिन ३५३७ जनाले कोरोना जितेर घर फर्किए
पछिल्लो २४ घण्टामा देशैभरी ३५३७ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये ३५३७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका ३५३७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८१.५ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ४९ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४०३२ प्रदेश २ मा ८९७, बागमती प्रदेशमा १८,७४३, गण्डकी प्रदेशमा १८१६, लुम्बिनी प्रदेशमा २२३७, कर्णाली प्रदेशमा २८५ र सुदूरपश्चिम प्रदेशमा १०३९ जना गरी २९ हजार ४९ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

आज १३ जना थपिएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२०२ पुग्यो
नेपालमा आज पनि कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १३ जनाको मृत्यु भएको हो । आज थपिएका १३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२०७ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा कात्तिक २७ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १७:२८ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...