२७ कात्तिक, काठमाडौं । नेपालमा विहिबार (२७ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ८४ हजार ३१७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १० हजार २२ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ४६१ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ९,०७७ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २९ हजार ३८४ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३७३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४८, प्रदेश २ मा १४, बागमती प्रदेशमा १६४, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ६५, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३७३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १२ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ५८ जना, गण्डकी प्रदेशमा ११, जना र लुम्बिनी प्रदेशमा ४ जना गरी जम्मा ८७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १३ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा ९७४ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।
त्यस्तै आज थपिएका १९१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । साथै आज २३४९ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । आज १५ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।
आज काठमाडौं उपत्यकाका ९७३ सहित देशैभरी १९१३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ९७३ जनासहित देशैभरी १९१३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ७६४, ललितपुरमा ललितपुरमा १२६ र भक्तपुरमा ८३ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा ४, ओखलढुंगामा ३, झापामा ४९, तेह्रथुममा १, भोजपुरमा १, धनकुटामा ३, भोजपुरमा १, मोरङमा ५७, सुनसरीमा ३९ र सोलुखुम्बुमा १ गरी प्रदेशमा जम्मा १६० जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १४, पर्सामा १२, बारामा ४, महोत्तरीमा ५, रौतहटमा ५, सप्तरीमा ६, सर्लाहीमा ८ र सिराहामा १६ जना गरी प्रदेशमा आज ७० जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ७६४, काभ्रेपलान्चोकमा ५०, चितवनमा ३९, दोलखामा १४, धादिङमा ११, नुवाकोटमा १८, भक्तपुरमा ८३, मकवानपुरमा २६, रसुवामा १, रामेछापमा ३, ललितपुरमा १२६, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ५ जना गरी प्रदेशमा आज ११४९ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ७१, गोरखामा १२, तनहुँमा ५२, नवलपरासीपूर्वमा ८, पर्वतमा ५, मुस्ताङमा ३, लमजुङमा १२, बागलुङमा १० र स्याङजामा २० जना गरी प्रदेशमा आज १९३ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा १९, दाङमा ५१, नवलपरासीमा १३, पाल्पामा १७, प्युठानमा ६, बर्दियामा २१, बाँकेमा ४४, रुपन्देहीमा ५६ र रोल्पामा २ जना गरी प्रदेशमा आज जम्मा २३५ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुमपश्चिममा ५, सल्यानमा ४ र सुर्खेतमा ३ गरी प्रदेशमा आज १८ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा २, हुम्लामा १, कन्चनपुरमा १४,कैलालीमा ५०, डडेल्धुरामा ८, डोटीमा १, बझाङमा ९, बाजुरामा २ र बैतडीमा २ जना गरी प्रदेशमा आज ८८ जना थपिएसँगै देशैभरी १९१३ जना संक्रमति थपिएका हुन् । जसमा महिला ७५९ र पुरुष ११४५ जना रहेका छन् ।
आज थपिएका १९१३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।
आज एकैदिन २३४९ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशैभरी २३४९ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २३४९ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका २३४९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८०.६ प्रतिशत हो ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २९ हजार ३८४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४३११, प्रदेश २ मा ९०२, बागमती प्रदेशमा १८,९३५, गण्डकी प्रदेशमा १७६६, लुम्बिनी प्रदेशमा २१२१, कर्णाली प्रदेशमा ३१४ र सुदूरपश्चिम प्रदेशमा १०३५ जना गरी २९ हजार ३८४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट आज १५ जनाको मृत्यु, मृतकको संख्या ११८९ पुग्यो
नेपालमा आज कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका १५ जनाको मृत्यु भएको हो ।
आज थपिएका १५ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११८९ पुगेको छ ।
हेर्नुहोस् यस्तो छ नेपालमा कात्तिक २६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण
.
वि.सं.२०७७ कात्तिक २७ बिहीवार १७:४३ मा प्रकाशित






























