back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा कात्तिक २६ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ कात्तिक २६ बुधवार

633 

shares

२६ कात्तिक, काठमाडौं । नेपालमा बुधबार (२६ कात्तिक ) सम्म पिसीआर प्रविधिबाट १५ लाख ७४ हजार २९५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १०,०८१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ३८ हजार ९१२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १०,५१९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २८ हजार ३९३ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३८२ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४६, प्रदेश २ मा १२, बागमती प्रदेशमा १७१, गण्डकी प्रदेशमा ६९, लुम्बिनी प्रदेशमा ६१, कर्णाली प्रदेशमा ८ र सुदूरपश्चिममा १५ जना गरी जम्मा ३८२ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा १६ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ६० जना, गण्डकी प्रदेशमा ११ जना र लुम्बिनी प्रदेशमा ६ जना गरी जम्मा ९५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासीपूर्व, दाङ, रुपन्देही र कैलाली गरी १४ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ११०९ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ रहेको छ ।

त्यस्तै आज थपिएका २५६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ । साथै आज १६६६ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ ।

आज २६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएसँगै मृतकको संख्या १७७४ पुगेको छ ।

आज देशैभरी २५६९ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १२६१ जनासहित देशैभरी २५६९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ९७६, ललितपुरमा २०४ र भक्तपुरमा ८१ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ४, उदयपुरमा उदयपुर १७, ओखलढुंगामा १, खोटाङमा १, झापामा ९८, ताप्लेजुङमा ५, धनकुटामा १, तेह्रथुममा, भोजपुरमा १, धनकुटामा १, पाँचथरमा २, भोजपुरमा ३, मोरङमा १६८, संखुवासभामा ८, सोलुखुम्बुमा ३, र सुनसरीमा ११८ गरी प्रदेशमा आज ४४६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १८, पर्सामा ५, बारामा ६, महोत्तरीमा ४, रौतहटमा ७, सप्तरीमा १२, सर्लाहीमा ५ र सिराहामा १६ जना गरी प्रदेशमा आज ७३ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ९७६, काभ्रेपलान्चोकमा ५५, चितवनमा १५, दोलखामा १५, धादिङमा ९, नुवाकोटमा ४१, भक्तपुरमा ८१, मकवानपुरमा ३७, रसुवामा ३, रामेछापमा ९, ललितपुरमा २०४, सिन्धुपाल्चोकमा १८ र सिन्धुलीमा ५ जना गरी प्रदेशमा आज १४६८ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १३०, गोरखामा १७, तनहुँमा १८, नवलपरासीपूर्वमा ५, पर्वतमा १६, लमजुङमा १, बागलुङमा २२ र स्याङजामा ५ जना गरी प्रदेशमा आज २१३ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २२, कपिलवस्तुमा ४, गुल्मीमा ८, दाङमा १०५, नवलपरासीमा १४, पाल्पामा ३१, प्युठानमा ५, बर्दियामा १०, बाँकेमा १७, रुपन्देहीमा ७३ र रोल्पामा ९ जना गरी प्रदेशमा आज जम्मा २९९ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा २, जुम्लामा ४, डोल्पामा १, दैलेखमा ६, सल्यानमा ७ र सुर्खेतमा २ गरी प्रदेशमा आज २४ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ८, कैलालीमा २९, डडेल्धुरामा २, डोटीमा ६ र दार्चुलामा १ जना गरी प्रदेशमा आज ४६ जना थपिएसँगै देशैभरी २५६९ जना संक्रमति थपिएका हुन् । जसमा महिला १००७ र पुरुष १५६२ जना रहेका छन् ।
आज थपिएका २५६९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको छ ।

कोरोना संक्रमणबाट आज १६६६ जना निको भए
पछिल्लो २४ घण्टामा देशैभरी १६६६ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १६६६ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १६६६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १ लाख ६२ हजार २४३ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ८० प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २८ हजार ३९३ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा ४७४७ प्रदेश २ मा ९५२, बागमती प्रदेशमा १८,९३९, गण्डकी प्रदेशमा २१२१, लुम्बिनी प्रदेशमा ४०४, कर्णाली प्रदेशमा ३३७ र सुदूरपश्चिम प्रदेशमा ८९३ जना गरी २८ हजार ३९३ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा १०,५१९ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज २६ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २६ जनाको मृत्यु भएको हो । आज थपिएका २६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११७४ पुगेको छ ।

.

वि.सं.२०७७ कात्तिक २६ बुधवार १७:३० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...