back
CTIZAN AD

एमसीसी विरुद्ध २१ दल, मंसिर ७ गते माइतिघरमा विरोध कार्यक्रम

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

729 

shares

२८ कार्तिक, काठमाडौँ । विभिन्न २१ राजनीतिक संगठनहरुले अमेरिकी संस्था एमसीसी खारेजीको माग गरेका छन् ।

सरकारले गरेका राष्ट्रघाती र जनविरोधी कामका विरुद्धमा कार्यगत एकता गर्ने निर्णय गर्दै उनीहरुले अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजीको माग गरेका छन् ।

कार्तिक २७ मा सम्पन्न संयुक्त बैठकले सरकारविरुद्ध मंसिर ७ गते माइतीघर मण्डलमा विरोध कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सी.पी गजुरेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यस्तै उनीहरुले भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड–१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा कार्यगत एकताले गर्दै आएको संघर्षलाई अझ सशक्त बनाउने निर्णय गरेको पनि उल्लेख छ ।

यसका निमित्त आगामी मंसिर ७ गते दिनको १ बजे काठमाडौंको माइतीघर मण्डलामा विरोध कार्यक्रमको आयोजना गर्ने र यसै प्रकारको कार्यक्रम देशका सबै प्रदेशले कम्तीमा एक–एक स्थानमा समेत आयोजना गर्न प्रयत्न गरिने विज्ञप्तिमा भनिएको छ । ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १८:१५ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...