back
CTIZAN AD

लघुकथा : अहंमराज

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार

690 

shares

समयक्रम बित्दै जाँदा कंचन आफू खुशी सबै काम गर्न थाले । आफ्नो मान्छे र अरूको मान्छे भनेर छुट्याउन थाले । इमान्दार त्यागीलाई पाखा पारे । छट्टु पाराका केहि मान्छेको समूह बनाए । त्यसमा केहि इमान्दार पनि राखे तर इमान्दारको स्वर झिनो ।

‘सबै आउनु भयो ? ल सल्लाह गरौ न त  । सबै क्षेत्रका मान्छे जम्मा भइहाल्यौं त ! न्याय निसाप र गाउँको विकास गर्ने मान्छेलाई मुली बनायो भने गाउँमा शान्ति आउँछ गाउँको विकास हुन्छ कसैले दुःख पाउनु पर्दैन । यसपाली गाउँको मूली प्रेमराज कन्चनलाई बनाउँ ।’ काइला बाजेले कुरा उठाए ।

‘किन बाजे’ ? दुर्गा प्रसादले प्रश्न गरे ।

‘खै मैले अरू कोहि देखिन रातभर मेरो विवेकले यसैलाई छान्यो । तपाईँहरूको नजरमा कोही भए भन्नु होस् ! हाम्रै कारणले हामीलाई भोलि दुःख नहोस् !’ काइला बाजेले भने ।

‘नीति, सिध्दान्त, विचार भट्भट्याएर मात्रै हुँदैन नि । मुख्य कुरा विवेक र ब्यवहार चाहिन्छ’ जीत बहादुरले भने ।

‘समय आइसक्यो गाउँको मुली छान्ने । पहिला पहिला जस्तो नहोस्, यसपाली त राम्रै परोस् है गाउँको मूली ।’ त्यहाँ बसेका सबैको मुखबाट एकै पटक आवाज आयो।

‘अहिले काइला बाजेले भने पछि हुन्छ भन्ने भोलि केहि नराम्रो भयो भने उहाँकै थाप्लोमा राखेर पछिने काम नगरौं । गाउँका बुध्दिजीवी देखि सर्वसाधाण सबै भेलामा आएका छौ सबैले विवेक प्रयोग गरौ है’, सीताले भनिन ।

सीताको भनाईलाई सुमित्रा, प्रायश्चित ,श्रीराम लगायत उपस्थित सबैले समर्थन जनाए ‘हामीले चुन्ने नेताले कबुल गर्नु पर्दैन र र? गाउँलेले भनेको सही कुरा मान्छु इमान्दार र विवेकी भएर काम गर्छु। सल्लाहा मै सबै काम गर्छु भनेर ?’ सुमित्राले भनिन ।

‘कुरा ठीक’ सामुहिक आवाज गुन्जियो ।

आफूले छानेको मान्छेलाई गाउँलेले उठाएका कुराहरूको जबाफ दिन काइलाबाले प्रेमराज कंचनलाई भने ।

‘मेरो नामको अन्तिममा ‘कन्चन’ किन लेखेको मैले ? मैले गरेका काम सबै ‘कन्चन’ हुन्छन् । नाम पनि कंचन काम पनि कंचन । सबैको सल्लाह अनुसार चल्ने छु । विवेकी भएर ब्यवहार गरेको छु र गर्ने छु । मलाई सेवा गर्ने मौका दिनुहोस् । म माथि कुनै शंका नगर्नु होस् । हजुरहरूले मलाई चिन्नु पनि भइसकेको छ ।’ कंचनले भने ।

कंचनको पुरा नाम हो प्रेमराज बराल । उनको प्रतिज्ञा सुने पछि सबैले भने ‘हामी प्रेमराज कंचनलाई हाम्रो गाउँको मुली चुनौं ।’

रातमाटे गाउँको मुली प्रेमराज कंचन सर्वसमत चुनिए । गाउँभर खुशी छायो । केहि राम्रा काम हुन थाले । सबै गाउँले हाम्रो गाउँमा अब विकास हुने भयो भनेर रमाउँन थाले ।

समयक्रम बित्दै जाँदा कंचन आफू खुशी सबै काम गर्न थाले । आफ्नो मान्छे र अरूको मान्छे भनेर छुट्याउन थाले । इमान्दार त्यागीलाई पाखा पारे । छट्टु पाराका केहि मान्छेको समूह बनाए । त्यसमा केहि इमान्दार पनि राखे तर इमान्दारको स्वर झिनो । गाउँलेको सरसल्लाहाबाट काम गर्न छोडे  । मनखुशी गर्न थाले । यो थाहा पाए पछि काइला बाजे सबै भन्दा चिन्तित हुन थाले । सबैले काइला बाजेलाई कराउन थाले । गाउँलेहरू काइला बाजेकोमा भेला भए । भेलाको निष्कर्ष एक पटक प्रेमराज कंचनलाई संझाउने भन्ने रह्यो । काइला बाजे आफै प्रेमराज कंचनलाई भेट्न गए तर उनले भेटै दिएनन् ।

‘यो गाउँमा म भन्दा जान्ने सुन्ने कोहि छैन मेरा बिरुद्ध कोहि बोल्यो कि त्यसको खैरत छैन । भन्दै गाउँमा हिड्न थाले ।
‘होइन यो मान्छे गरिब पनि हो ।  न्यायो कुरा गर्ने पनि मान्छे हो । कुरा बुझ्ने मान्छे पनि हो । अहिले के भो यसलाई ?” काइला बाजेले चिन्तित स्वरमा बोले ।

‘मान्छे गरिब हुँदैमा मान्छे असल हुने होइन । कोहि त गरिब भएर पनि छट्टु हुन्छन । अरुको शोषण र दमनमा परेर गरिब हुने धेरै छन् । तर कोहि कोहि त छट्टु काम गरेर गरिब हुने पनि त छन् नि ?’  सीताले भनिन ।

“पदको उन्माद सत्ताको उन्माद”, हरि सरले बोल्नु भयो ।

‘अब यो मान्छे कंचन । सफा होइन । यस्को थर बराल हो ?  कंचन नाम पछाडि झुन्ड्याउने बित्तिकै मान्छे कंचन हुन्छ र ?’ पवित्राले भनिन्।

‘यो कंचन पनि होइन प्रेमराज पनि होइन यो ‘अहंमराज’ भइसक्यो !’ दुर्गा प्रसादले भने ।

वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १८:४४ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...