मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
रमाइलो समय छ । मानसम्मान प्राप्त हुनेछ । तर, आतिथ्य खर्चिलो बन्नेछ । लोकाचारका लागि भोगविलासका वस्तु जुटाउनुपर्ला। आफन्तबीच आत्मीयतामा कमी आउने समय छ । यात्राको प्रक्रियाले खर्च बढाउन सक्छ । वादविवादले घर–गृहस्थीमा समस्या निम्त्याउला । नयाँ परिवेशमा पुगिए पनि मनमा दुविधा कायम रहनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि विजयी भइनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
केही अवसर प्राप्त भए पनि कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । स्वास्थ्य कमजोर रहनेछ । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । कमजोर नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला। केही अलमल भए पनि नियमित काम सम्पादन हुनेछन्। नयाँ काममा भने लक्ष्यअनुसार अघि बढ्न केही बाधा पर्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
फाइदा हेर्दा नाम बिग्रन सक्छ । तापनि, आज अरूलाई दिने नभई भित्र्याउने समय छ। दिएको धनमाल पछि आफैंलाई आवश्यक पर्न सक्छ । पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ । परिस्थितिअनुसार निर्णय लिन नसक्दा काममा पछि परिनेछ । अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा अवश्यै लाभ हुनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ । उद्योग र व्यापारमा फाइदा हुनेछ । प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ । चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका छ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला । समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । वादविवादले पनि आँटेका काममा बाधा पुर्याउनेछ । छिद्र खोतल्नेहरूबाट अलि सजग रहनुहोला ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
तारिफ योग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ । पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । जिम्मेवारी भने प्राप्त हुनेछ । आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
विभिन्न अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायमा लाग्नेहरूलाई फाइदा हुनेछ । भौतिक साधन संग्रह हुनेछन् । तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउन सकिनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । बीचमा अवरोध देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुहोला । छिद्र खोतल्नेहरूले दुस्ख दिनेछन्, विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिवश काम अधुरो रहला । नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ । व्यस्तता बढ्नेछ भने शारीरिक थकानले कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । धेरै लगानी पर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउनेछ । शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला ।
वि.सं.२०७७ कात्तिक २९ शनिवार ०७:१६ मा प्रकाशित




























