back
CTIZAN AD

सरुवाका कारण कामकाज प्रभावित

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

२६ पुस, सप्तरी । पूर्वाञ्चलको १२ जिल्लामा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जिम्मेवारी पाएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुखको पटक पटक सरुवा हुँदा त्यहाँ कामकाज प्रभावित हुने गरेको छ ।

विगत एक दशकदेखि एक वर्ष बित्न नपाउँदै अधिकांश कार्यालय प्रमुखको सरुवा हुँदै आएको छ । यसरी तोकिएको समयभन्दा अगाडि नै कार्यालय प्रमुखको सरुवा हुँदा कामकाज प्रभावित हुने गरेको त्यहाँका कर्मचारी तथा पेट्रोेलियम व्यवसायीको गुनासो छ ।

दैनिक तीन लाख लिटर पेट्रोल तथा सात लाख लिटर डिजेल बिक्री वितरण गर्ने सो कार्यालयमा एक दशकमा आधा दर्जन बढी प्रमुखको सरुवा भइसकेको छ । कार्यालयका अनुसार अहिलेसम्म दुई वर्ष नपुग्दै जगन्नाथ घिमिरे, भुवन रेग्मी, वीरेन्द्र गोइत, पुष्कर दत्त, सीताराम पोखरेललगायत प्रमुखको तोकिएको समयभन्दा अगाडि नै सरुवा भएको छ ।

सरकार परिवर्तनसँगै कार्यालय प्रमुखको सरुवा गर्ने प्रचलनका कारण आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको व्यवस्थापन चुस्त दुरुस्त हुन नसकेको लहानका पम्प व्यवसायी रामचरित्र भगतले बताउनुभयो ।

प्रमुखको सरुवा मात्र हुने तर कार्यालय सहायकको सरुवा नहुने तथा वर्षौंदेखि एकैठाउँ बस्ने परिपाटीले विभिन्न प्रशासनिक तथा प्राविधिक समस्या हुने गरेको ट्याङ्कर ढुवानी सङ्घका पदाधिकारीसमेत बताउँछन् ।

हाल त्यहाँ कार्यालय परिसरमा रु एक करोड ६० लाखको लागतमा ट्याङ्कर पार्किङ, शौचालय, चालक विश्रामस्थल, पेट्रोलियम पदार्थ भण्डारण तथा वितरण गर्ने स्थलमा पक्की नाला र ग्राभेल गर्ने कार्य भइरहेको छ । आयल निगमको विनियममा सरुवा भएर गएका प्रमुखलाई दुई वर्ष बस्नुपर्ने प्रावधान छ । रासस

वि.सं.२०७३ पुस २६ मंगलवार १४:४० मा प्रकाशित

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

कृष्णभीर सडक भासियो, विज्ञ टोलीको अध्ययनपछि मात्र मर्मत गरिने

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा आज बिहान भासिएको सडक अध्ययनका...

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा । रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका...

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा...

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...