back

नेपाल नरहने जनमोर्चा अध्यक्ष केसीको चिन्ता

वि.सं.२०७३ पुस २६ मंगलवार

777 

shares

भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड र तराई अलग पार्दै कालान्तरमा नेपाललाई विदेशी भूमिमा गाभ्ने षडयन्त्र भइरहेको छ, देशलाई जोगाउन जर्बजस्त सङ्घीयता लाद्न हुँदैन ।”

प्रतिपक्षी सांसदहरुको विरोधका बाबजुद सभामुखले संविधान संशोधन विधेयक टेबल गर्न दिएर संसद्को मर्यादा विपरीत कार्य गर्नुभएको उहाँको टिप्पणी थियो ।

सरकारले समयमै युद्धस्तरमा स्थानीय निकायको निर्वाचनको तयारी गर्नुपर्नेमा ढिलाइ गरेर लोकतन्त्र र गणतन्त्र समाप्त पार्न खोजेको उहाँको भनाइ थियो ।

वि.सं.२०७३ पुस २६ मंगलवार १४:३८ मा प्रकाशित

Himalayan Life AD
बालबालिकाको निःशुल्क मुटु परीक्षण

बालबालिकाको निःशुल्क मुटु परीक्षण

नुवाकोट । यहाँको शिवपुरी गाउँपालिका–८ स्थित जनज्ञान माध्यमिक विद्यालयका बालबालिकाको...

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

महाकाली प्रादेशिक अस्पतालः विशेषज्ञ सेवा बढेपछि बिरामीलाई शय्या अभाव

दोधारा चाँदनी (कञ्चनपुर) । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा सुरु...

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा सहयोग प्रदान

काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले इलाका प्रहरी कार्यालय दमकलाई आवस्यक...

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

आश्रम निर्माणमा जुट्यो दुई करोड ६६ लाख

गलकोट (बागलुङ) । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका...

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

महिनावारीमैत्री शौचालय नहुँदा सेवा लिन डर

विराटनगर । प्रदेशकै ठुलो सरकारी अस्पताल कोशी अस्पतालमा दिनहुँ बिहान...

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

सिन्धुलीमा सवारी दुर्घटना : दुईजनाको मृत्यु, चारजना घाइते

कमलामाई (सिन्धुली) । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदनभण्डारी राजमार्गमा आज...