back
CTIZAN AD

नेपाल नरहने जनमोर्चा अध्यक्ष केसीको चिन्ता

वि.सं.२०७३ पुस २६ मंगलवार

1.1K 

shares

भक्तपुर, २६ पुस । पूर्वउपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले सङ्घीयताका नाममा पहाड र तराईलाई अलग गरे नेपाल विखण्डन हुनसक्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

रफत सञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा उहाँले नेपाललाई सिङ्गो राख्न सङ्घीयतालाई कार्यान्वयन गर्ने नहुने धारणा राख्नुभयो ।

अध्यक्ष केसीले भन्नुभयो–“नेपाली जनताको घाँटीमा सङ्घीयता जबर्जस्ती भिडाएर पहाड र तराई अलग पार्दै कालान्तरमा नेपाललाई विदेशी भूमिमा गाभ्ने षडयन्त्र भइरहेको छ, देशलाई जोगाउन जर्बजस्त सङ्घीयता लाद्न हुँदैन ।”

प्रतिपक्षी सांसदहरुको विरोधका बाबजुद सभामुखले संविधान संशोधन विधेयक टेबल गर्न दिएर संसद्को मर्यादा विपरीत कार्य गर्नुभएको उहाँको टिप्पणी थियो ।

सरकारले समयमै युद्धस्तरमा स्थानीय निकायको निर्वाचनको तयारी गर्नुपर्नेमा ढिलाइ गरेर लोकतन्त्र र गणतन्त्र समाप्त पार्न खोजेको उहाँको भनाइ थियो ।

वि.सं.२०७३ पुस २६ मंगलवार १४:३८ मा प्रकाशित

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी, ‘ब्रेक–थ्रु’ छिट्टै

काठमाडौँ । बाढीका कारण नुवाकोटस्थित माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना...

विपद्मा कलाकारको हातेमालो

विपद्मा कलाकारको हातेमालो

गण्डकी । केही दिनअघि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक...

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौँ । नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका...

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौँ । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको...

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

भोटेकोशी बाढीः काभ्रेपलाञ्चोकबाट ३६ लाख सहयोग

काभ्रेपलाञ्चोक । भोटेकोशी बाढीप्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि काभ्रेपलाञ्चोकका...

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा  भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

भोटेकोशी बाढीपछिको उद्धार तथा राहतमा भारत–चीनसहित अन्तरराष्ट्रिय समुदायको सहयोग

काठमाडौँ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत...