३ मंसिर, काठमाडौं । २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा प्रकाउ परेका छन् । जहदा गाउँपालिका-५ का २४ वर्षीय बिशाल सोनार ठाकुरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले उक्त युवतिलाई गत साउन १ गते साँझ महिलालाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ गरेको हो ।
घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १५:३६ मा प्रकाशित



























