back
CTIZAN AD

दुई महिना बितिसक्दा पनि आएन अनुदान

वि.सं.२०७३ पुस २७ बुधवार

927 

shares

२७ पुस,भक्तपुर। भक्तपुरका भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि लाभग्राहीसँग अनुदान सम्झौता सुरु भएको दुई महिना बित्दा पनि अझै अनुदान वितरण सुरु नहुँदा भूकम्पपीडित घर बनाउन अन्यौलमा परेका छन् ।

गत कात्तिक २४ गतेदेखि अनुदान सम्झौता सुरु भएको र सम्झौता भएकासँग पाँच दिनपछि नै अनुदान वितरण गर्ने भनिए पनि अझै अनुदान वितरण नभएपछि लाभग्राही घर बनाउन अन्यौलमा परेका हुन् ।

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना इकाइ कार्यालयले स्थानीय निकायमार्फत भूकम्प प्रभावितलाई पहिलो किस्ता रकम वितरणका लागि भक्तपुरमा हालसम्म १९ हजारभन्दा बढी लाभग्राहीसँग अनुदान सम्झौता भए पनि रकम नआउँदा अनुदान रकम वितरण गर्न नसकेको स्थानीय विकास अधिकारी धु्रवबहादुर कोइरालाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“लाभग्राहीलाई वितरण गर्ने रकम भक्तपुरमा आएकै छैन, हाललाई सरकारी ढुकुटीबाट रकम वितरण गर्ने र पछि वैदेशिक निकायबाट अनुदान आएपछि पूर्ति गर्नेगरी अनुदान वितरण गर्न रकम पठाउन माथिल्लो निकायमा माग गर्दा पनि रकम नआएकाले वितरण गर्न सकेनौँ ।”

अनुदान सम्झौता भएसँगै लाभग्राहीका सूचीमा परेकाले बैंकमा खाता खोलेर अनुदानको पहिलो किस्ता पाउने आशा गरे पनि अझै रकम नआएपछि भूकम्प प्रभावितसमेत अन्यौलमा परेका छन् । रकम आउन अझै तीन महिना लाग्ने अनुमान गरिएको जिविसले जनाएको छ ।

जिल्लामा लाभग्राहीको नामावलीमा नाम छुटेको, जग्गामा समस्या आएकोलगायतका समस्या भएको भन्दै सात हजार भन्दा बढीले गुनासो दर्ता गराएका छन् ।

जिल्लामा भूकम्पपीडितको सङ्ख्या ३३ हजार ६९६ रहेको पछिल्लो तथ्याङ्क भए पनि २६ हजार १६ लाभग्राही (भूकम्पपीडित) परिवारको विवरण पुनःनिर्माण प्राधिकरणले जिल्लामा पठाएको छ । रासस

वि.सं.२०७३ पुस २७ बुधवार ०९:५६ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

साना नदीमा आकस्मिक बाढीको पूर्वानुमान

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म...

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

राँझा (बाँके) । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती...

पहिराले मेची राजमार्ग अवरुद्ध

पहिराले मेची राजमार्ग अवरुद्ध

इलाम । निरन्तरको वर्षाले मेची राजमार्ग र झापासँग जोड्ने दुवै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...