back
CTIZAN AD

कति खाने त नुन ? हेर्नुहोस् यस्तो सुझाव दिन्छन् डा. ओम मुर्ति अनिल

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

1K 

shares

मानिसका लागि नभइ नहुने खाद्य वस्तुमा पर्छ नुन पनि । तर, त्यहि नुनको बढी प्रयोगका कारण स्वास्थ्यमा विभिन्न समस्या आएको पनि छन् । तर, डा. ओममूर्ति अनिलको भनाईमा कतिपय उच्च रक्तचाप भएकाहरुले नुन कम खाने र खानै नहुने भन्ने सोच गलत रहेको बताउँछन् ।

डा. अनिलका अनुसार रक्तचाप बढ्नुका कारण धेरै रहेकोले नुनमात्रै कम गरेर त्यसलाई नियन्त्रण गर्न सकिदैन । साथै मोटोपन, चुरोटको सेवन गर्नाले, वंशानुगत तथा अन्य कारणले उच्च रक्तचापको समस्या छ भने नुन कम गरेर मात्र नियन्त्रण गर्न सकिदैँन ।

‘अवस्य नै नुन कम गर्दाखेरी रक्तचाप घट्छ तर त्यो केही समयका लागि मात्र हुन्छ । तपाईले नुन कम खाँदाखाँदै पनि रक्तचाप फेरि बढ्छ । त्यसैले दुरगामी उपाय नुन मात्र कम खाएर रक्तचाप नियन्त्रण गर्न मिल्दैन ।’ डा. अनिल भन्छन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार हाम्रो शरीरलाई जति नुन आवस्यक छ त्यसको ६० देखि ७० प्रतिशतसम्म बढी नुन हामीले प्रयोग गरिरहेका छौं ।

डा. अनिलका अनुसार दिनभरीमा ५ ग्राम भन्दा कम नुन खानुपर्नेमा नुनको प्रयोग बढी भएको पाइन्छ । त्यो नेपाली समाजमा मात्र नभएर संसारभरीको चलन हो । यदि मानिसले खानामा नुनको मात्रा मात्रै घटाइदियो भने मुटुरोग र अन्य समस्याबाट वर्सेनी मृत्यु हुनेको संख्या घट्न सक्छ ।

‘त्यसैले नुन कम खानुपर्छ । तर खाँदै नखानु र एकदमै कम खानु चाहि हुँदैन । नुन कम खानुपर्छ । नुन कम खाँदा रक्तचाप नियन्त्रणमा हुन्छ नै सँगसँगै तपाईको मुटु, रगत र नली सम्बन्धी समस्याहरुको जोखिम कम हुन्छ,’ डा. अनिल भन्छन्, ‘किनकी नुनमा भएको सोडियमले मुटु र रक्त संचार प्रणालीलाई असर गर्छ र रक्तचाप बढाउँछ ।’

हाम्रो भान्सामा एउटा मात्र नभएर दुई तीन थरी तरकारी तथा दाल पाक्छ । त्यस्तो अवस्थामा कसरी नुनको मात्र यति भनेर मापदण्ड तोक्ने त भन्ने विषयमा दुई तीन थरी तरकारी पाकेपनि नुनको मात्र कमै हुनुपर्ने बताउँछन् डा. अनिल । सुरुमा तरकारी तथा दालमा नुन कम हुँदा खल्लो भएपनि पछि त्यसको बानी बस्दै गएपछि मिठो हुन्छ ।

डा. अनिलका अनुसार घरको खानामा भन्दा बाहिरको खानामा नुन अत्यधिक मात्रामा समावेश भएको हुन्छ । मांसहारी खाना खाँदा विपी बढ्दैन । तर, धेरैको गुनासो हुन्छ कि मासुखाँदा बीपी बढेको भन्ने । मासुमा सोडियमको मात्रा बढी हुने हुन्छ । साथै बाहिरी खाना चिप्स, चाउँचाउ, फ्रोजन गरिएको मासु, ससेसज लगायतमा पनि सोडियमको मात्रा बढी हुन्छ । ती चिजको प्रयोग नगर्दा नै राम्रो हुने बताउँछन् डा. अनिल ।

त्यस्तै नुन कम हुँदा नुन थपेर खाने बानी गर्नु एकदमै गलत हो । नुन कम भएपनि त्यहि खाएर उठ्ने बानी बसाल्न र सलाद, फलफूल लगायतमा पनि नुन राखेर नखान सुझाव दिन्छन् डा. अनिल । उनी भन्छन् ‘स–सानो कुरामा परिवर्तन ल्याउन सकियो भने समस्याबाट बच्न सकिन्छ । हामीलाई घरको खानामा नुनको मात्रा त्यति घटाउन जरुरी हुँदैन तर, मुटु, मिर्गौला, लिभर, सुगर, उच्च रक्तचाप नियन्त्रण गर्न गाह्रो भएका विरामीहरुलाई नुनको प्रयोग सकेसम्म कम गर्न जरुरी छ ।’

त्यस्तै सुगरका विरामीहरुले गुलियो नराम्रो, नुनिलो ठिक भन्ने लाग्छ । उनीहरु गुलियो विस्कुट नखाएर नुनिलो खान्छन् । तर उनीहरुका लागि गुलियो विस्कुट राम्रो हुन्छ । किन कि सुगरका विरामीलाई उच्च रक्तचापको जोखिम बढी हुने हुनाले नुनिलो कुरा बढी खानाले झन उच्च रक्तचाप बढ्छ ।

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १५:०१ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...