back
CTIZAN AD

प्रहरीमा ३३ एसएसपीको सरुवा, काठमाडौंमा अशोक सिंह, ललितपुरमा किरण बज्राचार्य (हेर्नुस् यो सूची)

वि.सं.२०७७ मंसिर ५ शुक्रवार

1.1K 

shares

५ मंसिर, काठमाडौँ । गृहमन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुर प्रहरी प्रमुखमा किरण बज्राचार्यलाई सरुवा गरि ल्याइएको छ ।

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्साल, काठमाडौँमा रहेका सिंहलाई महानगरीय प्रहरी परिसर काठमाडौँमा ल्याइएको छ भने महानगरीय प्रहरी परिसरमा रहेका श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, अपराध नियन्त्रण महाशाखामा सरुवा गरिएको छ ।

त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरमा किरण बज्राचार्यलाई ल्याइएको छ । यसअघि उनी महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौँमा थिए ।

यस्तै महानगरीय ट्राफिक प्रहरी शाखाको प्रमुखमा जनक भट्टराई सरुवा भएका छन् ।

हेर्नुस् थप को कहाँ ? :

वि.सं.२०७७ मंसिर ५ शुक्रवार १४:५९ मा प्रकाशित

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

वर्षापछि खसेको पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध

गलकोट, बागलुङ । पहिराले कालीगण्डकी करिडोरको बागलुङ खण्ड गए रातिदेखि...

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

बन्यजन्तुका लागि म्याग्दीका जंगलमा ‘रिचार्ज’ पोखरी

म्याग्दी । यस वर्ष म्याग्दीका छ वटा सामुदायिक वनमा ‘रिचार्ज’...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...