back
CTIZAN AD

एसओएस गण्डकीद्वारा विपन्न विद्यार्थीहरुलाई ट्याबलेट वितरण

वि.सं.२०७७ मंसिर ६ शनिवार

921 

shares

६ मङ्सिर, पोखरा । कोभिड– १९ का कारण बिश्वको शैक्षिक क्षेत्र नै अस्तब्यस्त रहेको वर्तमान अवस्थामा नेपालमा समेत त्यसको प्रभाव उच्च रुपमा परिरहेको छ । २०७७ सालको शैक्षिक सत्रलाई निरन्तरता दिनको लागि शहरी क्षेत्रका धेरै बिधालयहरुले अनलाइन शिक्षा मार्फत आफ्नो पाठयक्रम पढाउन सुरु गरेका थिए । तर अनलाइन शिक्षाको लागि आवश्यक पुर्वाधार र प्रबिधिको पहुँच नपुग्दा आर्थिक अवस्था कमजोर भएका केही विधार्थीहरु अनलाईन कक्षाबाट बन्चित हुनुपरेको सन्दर्भमा एसओएस बालग्राम नेपालको सहयोगमा एसओएस हर्मन जिमाईनर गण्डकीले छात्रवृत्तिमा अध्ययनरत २५ जना बिधार्थीलाई अनलाइन कक्षामा पहुँच पुर्याउने उद्देश्यले ट्याबलेट बितरण गरेको हो ।

ट्याबलेट बितरण कार्यक्रमका प्रमुख अतिथी एसओएस बालग्राम नेपालका डेपुटी नेशनल डाईरेक्टर डा गङ्गा बहादुर गुरुङले एसओएस बिधालय र एसओएस बालग्रामको प्रमुख प्राथमिकता भनेको अभिभावक गुमाएका एवम् अप्ठ्यारो परिस्थितिमा रहेका बालबालिकाहरुलाई शिक्षाको उज्यालो घामबाट बन्चित हुन नदिने र अभिभावकत्व ग्रहण गर्नु रहेकोे बताए। कोभिड(१९ को कारण हामीले धेरै चुनौतीहरुको सामना गर्नुपरेता पनि यसले अनलाइन शिक्षाको अभ्यासमा जान अवसर मिलेको छ, यदि कोभिड नभएको भए हामी अझै २० बर्ष अनलाइन शिक्षामा प्रवेश गर्ने थियनौ डा गुरुङको भनाई थियो । एसओएस गण्डकी बिधालय देशभरिको अब्बल बिधालय भित्र पर्छ, अहिले एसओएसले जुन उचाई हासिल गरेको छ यो भन्दा अझै उचाइमा पुग्नको लागि निरन्तर कृयाशिल रहने प्रतिबद्धता व्यक्त गर्दै शिक्षाको गुणस्तर र बिधालयको भौतिक सुधारको कार्य महत्वपूर्ण हुने बताए । एसओएस बालग्राम र बिधालयसङगको सामीप्यता आजभन्दा २० बर्ष अगाडी यसै बिधालयबाट सुरुवात गरेकोले यस बिधालयको शैक्षिक स्तर उन्नतिको लागि आफुले आवश्यक सहयोग गर्ने र बिधालय परिवारसङ हातेमालो गर्दै अगाडी बढ्ने जानकारी गराउँदै अनलाइन शिक्षाको प्रभावकारिताको लागि बिपन्न बिद्यार्थीलाई ट्याबलेट बितरण गरिएको स्पष्ट पारे ।

कार्यक्रममा एसओएस बालग्राम गण्डकीका निर्देशक भगत कुमार श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका विद्यार्थी र अभिभावक गुमाउनुपरेको कारणले पढ्न नपाएका नानी बाबुहरुको शिक्षाको लागि एसओएस सधैं लागिपर्ने बताए ।

कार्यक्रममा एसओएस गण्डकीका प्रध्यानाध्यापक राजेन्द्र कुमार श्रेष्ठले अनलाइन शिक्षाबाट लक्षित समुहका बिद्यार्थी नै बन्चित हुनुपरेकोले एसओएस बालग्राम नेपालले स्रोत साधन उपलब्ध गराईदिएकोमा आभार ब्यक्त गर्दै एसओएस गण्डकीमा सबै प्रकारका बिद्यार्थीको पहुच रहेको बताए ।

गण्डकीका ग्रुप परियोजना प्रमुख प्रदिप भक्त आचार्यले लक्षित समुह अन्तर्गतका बिद्यार्थीको भबिस्यको लागि एसओएस सधैं साथमा रहेको बताए । सहायक प्रध्यानाध्यापक किरण सापकोटाले एसओएस ससारकै मानवताबादी सस्था भएकोले अभिभावकको माया, सद्भाव र उत्तरदायित्व नपाएका हरेक बालबालिकाको लागि एसओएस सुन्दर पारिवारिक बिधालय भएकोमा आफुलाई गर्व लागेको बताए । सहायक प्रध्यानाध्यापक चुडामणि सुबेदीले कठिन समयमा पनि एसओएस बालग्राम नेपालले एसओएस गण्डकीले गरेको अनुरोधलाई स्वीकार गरेर बाबुनानिलाई अनलाइन सामग्री उपलब्ध गराएकोमा धन्यवाद दिदै आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे ।

वि.सं.२०७७ मंसिर ६ शनिवार ०७:५५ मा प्रकाशित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...