९ मङ्सिर, कास्की । पोखरामा प्याराग्लाईडिङ दुर्घटनामा परी एक पुरुषको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका(१८ क्याम्प चोकस्थित फिष्टेल कम्पनीको प्याराग्लाईडिङ ल्याण्ड गर्ने क्रममा सोमबार दिउँसो दुर्घटना हुँदा प्याराग्लाईडिङका पाईलट पोखरा महानगरपालिका(२८ कालिका घर भई हाल सोही महानगरपालिका(६ लेकसाईड बस्ने ३८ वर्षीय राजु गैरे नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परि घाइते भएकी प्याराग्लाईडिङमा सवार काठमाडौं बुढानिलकण्ठ नगरपालिका(२ वासिकु बस्ने २८ वर्षीया शिला श्रेष्ठको सोही अस्पतालमा उपचार भईरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ मंसिर ९ मंगलवार १२:१३ मा प्रकाशित






























