back
CTIZAN AD

च्याम्पियन्स लिग अन्तर्गत आठ खेल हुँदै (हेर्नुहोस् खेल तालिका नेपाली समय अनुसार)

वि.सं.२०७७ मंसिर ९ मंगलवार

651 

shares

९ मंसिर, काठमाडौं। युरोपियन च्याम्पियन्स लिग अन्तर्गत आज समूह चरणका आठ खेल हुँदै छन् । च्याम्पियन्स लिगको समूह चरणको म्याच डे चार अन्तरगतका आठ खेल हुन लागेको हो । आज समुह इ, यफ, जी, एच अन्तरगत रहेका टिमहरु बिचको खेल हुँदै छ।

समुह इ को शिर्ष स्थानमा रहेको चेल्सि  रेन्नेससँग भिड्दै छ । सोहि समुहमा रहेको सेभिल्ला क्रास्नोडारसँग भिड्दै छ उक्त समुहमा चेल्सि पहिलो र सेभिल्ला दोस्रो स्थानमा रहेको छ ।

समुह एफ अन्तरगत रहेको बोरुसिया डर्टमन्ड क्लव ब्रुगसँग भिड्दै छ । समुह एफको दोस्रो स्थानमा रहेको लाजिव जेनितसँग भिड्दै छ । तीन खेलबाट डट्मण्डको ६ अंक रहेको छभने दोस्रो स्थानमा रहेको लाजिवको ५ अंक रहेको छ ।

समुह जी अन्तरगत जुभेन्टस् फेरेनक्वेरोसीसँग भिड्दै छ । तीन खेलबाट ६ अंक जोडेको युभेन्टस् यस अघिको खेलमा बार्सिलोनासँग पराजित भएको थियो । सोहि समुहमा रहेको बार्सिलोना डायनामो किभसँग भिड्दै छ । यस समुहमा ९ अंक सहित बार्सिलोना शिर्ष स्थानमा रहेको छ ।

समुह एच अन्गरगत म्यान्चेस्टर यूनाइटेड इस्तांबुल बशाक्षेहिरसँग भिड्दै छ । सोहि समुहको अर्को खेलमा पियसजी आरबी लेपिज्गसँग भिड्दै छ । समुह एचमा बलियो मानिएको पियसजी अंक तालिकामा तेस्रो स्थानमा रहेको छ । आजको  दोस्रो चरण प्रबेशका लागि उसलाई यो खेल महत्वपूर्ण मानिएको छ ।

खेल तालिका नेपाली समय अनुसार
समुह इ अन्तरगत
चेल्सिका बिरुद्ध रेन्नेस                                               ११: ४०
सेभिल्लाका बिरुद्ध क्रास्नोडार                                   ११:४०
समुह एफ अन्तरगत
बोरुसिया डर्टमन्डका बिरुद्ध क्लव ब्रुग                       १३: ४५
लाजिवका बिरुद्ध जेनित                                            १३: ४५
समुह जी अन्तरगत
जुभेन्टस्का बिरुद्ध फेरेनक्वेरोसी                                १३ :४५
बार्सिलोनाका बिरुद्ध डायनामो किभ                          १३ :४५
समुह एच अन्गरगत
म्यान्चेस्टर यूनाइटेडका बिरुद्ध इस्तांबुल बशाक्षेहिर    १३:४५
पियसजीका बिरुद्ध आरबी लेपिज्ग                            १३:४५

वि.सं.२०७७ मंसिर ९ मंगलवार १२:१५ मा प्रकाशित

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...