back
CTIZAN AD

विश्वका १०० प्रभावशाली महिलाको सूचीमा सपना मगरको नाम, जो पशुपतिमा बेबारिसे शव जलाउछिन्

वि.सं.२०७७ मंसिर ९ मंगलवार

1K 

shares

काठमाडौं । पशुपति क्षेत्रमा बेबारिसे शव व्यवस्थापन गर्दै आएकी सपना रोका मगर विश्वको १०० प्रभावशाली महिलाको सूचीमा परेकी छिन् । अन्तराष्ट्रिय सञ्चार संस्था बीबीसीले यस वर्षको लागि छनौट गरेको विश्वभरका १०० प्रेरक एवं प्रभावशाली महिलाको सूचीमा मगर परेकी हुन् ।

मगरले आफ्नो कठिन परिस्थितिका बाबजुत पनि समाजको लागि उदाहरणीय काम गरेको आधारमा उनलाई छनाैट गरिएकाे बीबीसीले जनाएकाे छ ।

सपना मगर बेबारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र नामक संस्थामा आवद्ध छिन् । उनको संस्थाले काठमाडौंमा भेटिने बेबारिसे शवलाई हिन्दु परम्पराअनुसार व्यवस्थापन गर्दै आएको छ ।

उनकाे संस्थाले कोरोना महामारीको समयमा पनि भेटिएका बेबारिसे शवलाई सांस्कृतिक परम्पराअनुसार व्यवस्थापन गरेकाे थियाे । जुन विषय सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै चर्चाको विषय बनेको थियो ।

मगर आवद्ध संस्थाले लकडाउनको समयमा निःशुल्क खाना खुवाउने कार्यक्रम पनि गरेको थियो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमा आवद्ध सपनाले हालसम्म तीन दर्जनभन्दा बढी बेवारिसे शव जलाईसकेकी छिन् ।

Image shows selection of women from 2020 list

‘पुरै विश्वमा घरबार बिहिन र बेबारिसे मानिस छन्,  उनीहरु सडकमै बेबारिसे रुपमा मरिरहेका हुन्छन्, उनको पनि उचित रुपमा अन्तिम संस्कार गर्न पाउने अधिकार छ’,बीबीसीसँग मगरले भनेकी छिन्, ‘म यो काम केवल समाज सेवाको लागि मात्रै गरिरहेकी छैन्, म आफ्नो मनको शान्तीको लागि परि गरिरहेकी छु ।’

बीबीसीले सोमबार सार्वजनिक गरेको १०० प्रेरक एवं प्रभावशाली महिलाको सूचीमा उनीसहित फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्फोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत पनि परेका छन् ।

वि.सं.२०७७ मंसिर ९ मंगलवार १२:२० मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...