९ मङ्सिर, काठमाडौं । सडक पेटीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् ।
गोकर्णेश्वर नगरपालिका–८ बेसिगाउँस्थित सडक पेटिमा सोही ठाउँ डेरा गरी बस्ने शंकरापुर नगरपालिका–१ नाङलेभारेघर भएका ७० वर्षीय राजमान तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।