back
CTIZAN AD

भूमिमा रहेको द्वैध स्वामित्व सदाका लागि अन्त्य गर्छौं : मन्त्री अर्याल

वि.सं.२०७७ मंसिर ११ बिहीवार

705 

shares

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले वर्षौदेखी जटिल समस्याका रुपमा रहेको भूमिमा रहेको द्वैध स्वामित्व राज्यले सदाका लागि अन्त्य गर्नुपर्ने बताएकी छन। भूमि सम्बन्धी समस्या समाधान आयोगको पहिलो पूर्ण बैठकलाई आज –बिहिबार) काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन ।
मन्त्री अर्यालले लामो समयदेखी रहँदै आएको भूमिमा रहेको द्वैध स्वामित्व अन्त्य गरिने बताईन । उनले सहमती भए आधा–आधा बराबरी बाँडफाँड हुने र सहमती हुन नसकेमा राज्यले गरिदिने भनिन । ‘यदी सहमतीमा हुन नकसेमा राज्यले गरिदिन्छ भन्ने ढंगले अलिकति दह्रोगरी कानुन बनाएर सिधै राज्यले हस्तक्षेप गरेर भएपनि द्वैध स्वामित्वको अन्त्य गर्छाै’, मन्त्री अर्यालले भनिन, ‘नत्र सहमती भन्यो, तल मिलेर आउ भन्यो कुरा मिल्दै मिल्दैन । यसले समस्या सधै रहिरहने भयो । यो कुरालाई अन्त्य गर्नका निम्ती राज्यले हस्तक्षेप गर्छ । पहिलो लटमा मिलेर समझदारीपूर्वक आउनका निम्ती भन्ने । मिलेन भने राज्यले हस्तक्षेप गरेर भएपनि यो समस्याको समाधान गरिदिन्छ । त्यो खालको कानुन बनाएर हामी अगाडी बढेका छौ ।’
भूमिहिन सुकुम्बासीलाई भूमीको मालिक बनाउने सरकारको अभियान भएको भन्दै मन्त्री अर्यालले कानुन निर्माण देखी आजको संघर्षसम्म आइपुग्दा ठूलो उपलब्धी हासिल गर्न नसकिने बताईन । अझ धेरै उपलब्धी हासिल गर्न बाँकी रहेको उनको भनाई थियो । मन्त्री अर्यालले जतिखेर जनताको हातमा रातो पुर्जा दिनसकिन्छ त्यतिखेर मात्र आयोगको कामले सफलता प्राप्त गर्ने बताईन । उनले भनिन, ‘जतिखेर तपाइले जनताको हातमा पुर्जा दिनुहुन्छ त्यतिखेर जनताले तपाइको काम देख्छ । जनताले अनुभूत गर्ने, जनताले महसुस गर्ने, जनताले राहत महसुस गर्ने र हाम्रो कामले सार्थकता प्राप्त गर्ने भनेको जतिबेला यो आयोगले जनताको हातमा रातो पुर्जा थमाउछ त्यो बेला मात्रै यो हाम्रो अभियानले सार्थकता प्राप्त गर्छ ।’ त्यो ठाउँमा पुग्नका निम्ती थुप्रै प्रतिकूलता, जटिलटा, संघर्षहरु झेल्नुपर्ने मन्त्री अर्यालले धारणा व्यक्त गरिन । । सरकारले महत्वपूर्ण र जटिल खालको जिम्मेवारी दिएको भन्दै उनले त्यो विश्वास कायम गर्न आयोगका पदाधिकारीहरुलाई आग्रह गरिन। उनले भनिन, ‘यो काम भइहाल्छ नी भन्ने ढंगले हुदैन । निकै जटिल खालको कामको जिम्मेवारी तपाइहरुलाई सरकारले दिएको छ । तपाईहरुलाई विश्वास गरेर दिएको जिम्मेवारी हो । यो गहन जिम्मेवारीलाई तपाईहरुलाई कसरी पूरा गर्नुहुन्छ । त्यो तपाइहरुको हातमा छ ।’ आयोगले उक्त कार्य सही ढंगले पुरा गर्न सकेमात्र इतिहासमा स्वर्णीम अक्षरले आयोगको नाम लेखिने उनको भनाई छ । ।
जमिनलाई उपयोग गरेर उत्पादन बढाउनका निम्ती भूमी बैंकको अवधारणा ल्याइएको बताउदै उनले मानव र प्राकृतिक स्रोतको मिश्रणबाट नै विकास सम्भव रहेको बताईन । भूउपयोग ऐनलाई ठिक ढंगले कार्यान्वयन गर्न सकेमा मात्र नेपालमा भूमीमा समाजवादनको लागु गरेको हो भन्ने कुरा सावितहुने समेत उनले बताईन ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १९:१८ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...