back
CTIZAN AD

पुनःनिर्माणको काम २ वर्षभित्र सकिने मन्त्री भट्टराईको दाबी

वि.सं.२०७७ मंसिर ११ बिहीवार

669 

shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले भूकम्पबाट क्षति पुगेका सांस्कृतिक तथा धार्मिक सम्पदा दुई वर्षभित्र पुनःनिर्माण गरिने बताएका छन् । नारायणहिटी दरबार सङ्ग्रहालय परिसरको नारायण चतुव्यूह नारायण मन्दिर प्रवेशद्धारको आज उद्घाटन गदै मन्त्री भट्टराईले भूकम्पबाट क्षति भएका एक हजार सम्पदामध्ये ५०० भन्दा बढी निर्माण सम्पन्न भएको र आउँदो दुई वर्षभित्र सबै पुनःनिर्माण गरीसक्ने बताए ।

मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाइस्कुल, पाटन, पशुपति क्षेत्रलगायत अधिकांश क्षेत्रको पुनःनिर्माण सम्पन्न भएको बताउँदै २२ तले धरहराको पुनःनिर्माणको काम पनि १९ तलासम्मको सम्पन्न भएको जानकारी दिए। सांस्कृतिक तथा धार्मिक सम्पदा मानव सभ्यताको प्रतीक भएको बताउँदै मन्त्री भट्टराईले मन्दिर, गुम्बा चैत्यको उचित संरक्षण गरिने बताए ।

उनले भने, “विभिन्न काल खण्डको इतिहास संरक्षण गर्दै युगौयुगसम्म बचाउनुपर्ने सरकारको दायित्व हो । इतिहासमा के कस्तो काम भएका थिए, लिच्छबी काल र मल्लकालमा कस्तो थियो, ती सबै भावी पुस्ताले हेर्न तथा अध्ययन गर्न सक्नेगरी संरक्षण गर्न सरकार लागि परेको छ ।”
पर्यटनमन्त्री भट्टराईले काठमाडौँको धार्मिक तथा सांस्कृतिक सम्पदालाई जोडेर सर्किटको रुपमा विकास गरिने बताए ।

कार्यक्रममा बोल्दै पूर्वमन्त्री एवं सांसद गगनकुमार थापाले काठमाडौंको नागपोखरी आसपासमा रहेको सात वटा १०० वर्षभन्दा पुराना घरको संरक्षण गर्न सरकारसँग माग गरे। उनले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाको एउटै प्याकेज बनाएर संरक्षण गर्न अनुरोध गरे।

सांसद भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन ऐतिहासिक मन्दिर भएको कारण यसको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:३५ मा प्रकाशित

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...