back
CTIZAN AD

सरकारको प्राथमिकता, जनताको जीवन रक्षा – राज्यमन्त्री मानन्धर

वि.सं.२०७७ मंसिर ११ बिहीवार

678 

shares

काठमाडौं – शहरी विकास राज्यमन्त्री रामबीर मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा जनताको समृद्धिको सपना पुरा हुने बताए ।
बिहिबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा फोकस नेपालले आयोजना गरेको कोरोना नियन्त्रणमा सरकार र नागरिक समाजको भुमिका विषयक अन्तरक्रियामा मन्त्री मानन्धरले प्रधानमन्त्री ओलीकै नेतृत्वमा समृद्ध नेपाल निर्माण हुने बताए ।मन्त्री मानन्धरले प्रजातन्त्र स्थापनापछिको ७० वर्षे कालखण्डमा पहिलो पटक सबैभन्दा शक्तीशाली सरकार बनेको बताउँदै प्रधानमन्त्री ओलीको विकल्प अरु कोही हुन नसक्ने बताए । जनताले वश्विास गरेर ओली नेतृत्वमा सरकार बनाउन नेकपालाई जिम्मा दिएको बताउँदै आगामी दुई वर्षमा चुनावी घोषणापत्र र जनतासँग गरिएका प्रतिवद्धता अनुसार वर्तमान सरकारले काम गर्ने बताए। जनताले पाँच  वर्षका लागि प्रधानमन्त्री ओलीको नेतृत्वमा सरकार बनाउने अभिमत दिएको बताउँदै मन्त्री मानन्धरले जनमतको अवमुल्यन गर्ने काम कतैबाट पनि हुन नहुने बताए ।
सत्तारुढ नेकपामा देखिएको विवाद समाधानका लागि शिर्ष नेताहरु लागिपरेको बताउँदै केही दिनभित्रै कार्यकर्तामा उत्साह भर्नेगरी निर्णय आउने मन्त्री मानन्धरले दाबी गरे। पार्टीमा केही राजनीतिक विवाद देखिएपनि समाधान हुने बताउँदै मन्त्री मानन्धरले अत्तालिनुपर्ने अवस्था नरहेको दाबी समेत गरे ।
जनताले महसुस गर्नेगरी काम भइरहेको बताउँदै मन्त्री मानन्धरले ठुला परियोजनाहरुको निर्माण र समानुपातिक वकिासका लागि सरकारको प्रयास सार्थक हुँदै गएको दाबी गरे । मन्त्री मानन्धरले कोरोनाका कारण विकासमा केही बाधा देखिए पनि अब निरन्तर काम हुने बताए।
मन्त्री मानन्धरले कोरोना नियन्त्रणमा सरकारले सबै उपाय अवलम्वन गरेको बताउँदै जनताको जीवन रक्षाका लागि कुनै कसर बाँकी नराखिने बताए । दक्षिण एसियाली मुलुकमध्ये नेपालले स्रोतले भ्याएसम्म  सबैभन्दा राम्रो व्यवस्थापन मिलाएको दाबी गर्दै मन्त्री मानन्धरले निशुल्क उपचारका सबै प्रक्रिया सहज बनाइएको बताए । सरकारले १७ लाखभन्दा बढीको कोरोना परीक्षण र उपचार गरेको बताउँदै एक्कासी आएको महामारी नियन्त्रणका क्रममा केहि समस्या देखिनु स्वभाबीक भएको बताए । लाखौं नागरिक प्रभावित भएको महामारी नियन्त्रणका लागि विश्व नै लागिपरेको बताउँदै मन्त्री मानन्धरले खोपको विकास हुनेवितिक्कै नेपाल ल्याउनेगरी सरकारले कार्यदलमार्फत् काम गरीरहेको बताए ।
मन्त्री मानन्धरल कोरोना रोकथाम र उपचारका लागि बेसार पानी, गुर्जो लगायतका जडिबुटीजनय नेपालका प्राकृतिक उपजहरुको उपयोगमा जोड दिन पनि आम साधारणलाइ आग्रह गरे।
कार्यक्रममा कोरोना नियन्त्रणका लागि योगदान पुर्याएका विभिन्न व्याक्तित्वलाई सम्मान गरिएको थियो ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:३२ मा प्रकाशित

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...