back
CTIZAN AD

विप्लव र गोपाल किराँतीको पार्टीबीच एकता हुने

वि.सं.२०७७ मंसिर ११ बिहीवार

810 

shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र पुर्नगठित नेकपा माओवादी केन्द्रबीच एकता हुने भएको छ । नेकपा माओवादी केन्द्र कमिटीको छैठौं बैठकको निर्णय सार्वजनिक गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किराँतीले पार्टी एकताबारे खुलासा गरेका हुन् ।

किराँतीका अनुसार आगामी एक महिनाभित्र दुई पार्टीबीच एकता भईसक्नेछ । ‘मालेमा विचार मान्नेसँग एकता र ध्रुवीकरण हुन्छ, विप्लव नेतृत्वको नेकपासँग छलफलगरी रहेका छौँ, छलफल अन्तिम चरणमा पुर्‍याएका छौँ,’ किराँतीले भने, ‘हामीलाई लाग्छ महिना दिनभित्रै एकता गर्छौँ, त्यसलाई हामीले महान धुर्वीकरण भनेका छौँ।’

किराँतीका अनुसार नेकपा पार्टीमाथि लगाएको प्रतिबन्ध नहटे पनि एकता हुनेछ । ‘पार्टीमाथिको प्रतिबन्ध हटेन भनेपनि एकता गर्छौँ, एकता नगरी भएन, एकता गर्नुभन्दा अघि प्रतिबन्ध हटाए सजिलो हुन्थ्यो, प्रतिबन्ध हटाएन भने एकतापछि एक जुट भएर तोड्ने छौँ’, उनले भने ।

यसअघि विप्लवसहित विभिन्न बाम पार्टीबीच पार्टी एकता गर्नेसम्मको योजनामा कार्यगत एकता भएको थियो । कार्यगत एकता जाेडिएका २२ पार्टी तथा राजनीतिक संगठनहरुले हाल चरणबद्ध रुपमा आन्दोलन गरिरहेका छन् ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १८:१२ मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...