११ मंसिर, काठमाडौं । नेपालमा विहिवार ( ११ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९,४९१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ७९३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ६,२१८ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ५७५ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३३३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ४३, प्रदेश २ मा ४, बागमती प्रदेशमा१३६, गण्डकी प्रदेशमा ६८, लुम्बिनी प्रदेशमा ६४, कर्णाली प्रदेशमा १२ र सुदूरपश्चिममा ६ जना गरी जम्मा ३३३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५६ गरी जम्मा जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की गरी ४ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा ६८० जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला डोल्पा, मुगु र मनाङ रहेको छ ।
त्यस्तै आज थपिएका १६१४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ । साथै आज १४३७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।
आज २३ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४१२ पुगेको छ ।
आज देशैभरी १६१४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७८५ जनासहित देशैभरी १६१४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६२०, ललितपुरमा ११४ र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २, उदयपुरमा ६, ओखलढुंगामा १, खोटाङमा २, झापामा ७६, भोजपुरमा ३, पाँचथरमा ३, धनकुटामा ५, मोरङमा १५३, संखुवासभामा २, सोलुखुम्बुमा १ र सुनसरीमा ४५ गरी प्रदेशमा आज २९९ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा ५, पर्सामा १, बारामा ३, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ७, सर्लाहीमा ५ र सिराहामा ४ जना गरी प्रदेशमा आज ३० जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ६२०, काभ्रेपलान्चोकमा १५, चितवनमा ५२, दोलखामा ४, धादिङमा ७, नुवाकोटमा ४, भक्तपुरमा ५१, मकवानपुरमा १७, रसुवामा १, रामेछापमा ५, ललितपुरमा ११४, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ४ जना गरी प्रदेशमा आज ९०३ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ८, तनहुँमा ११, नवलपरासीपूर्वमा ५१, पर्वतमा १, बागलुङमा ६, र स्याङजामा ८ जना गरी प्रदेशमा आज १२५ जना संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ११, कपिलवस्तुमा १, गुल्मीमा ७, दाङमा ५२, नवलपरासीमा ७, पाल्पामा ११, प्युठानमा ३, बर्दियामा १०, बाँकेमा २३, रुपन्देहीमा ४१ र रोल्पामा ७ जना गरी प्रदेशमा आज जम्मा १७३ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ४, रुकुमपश्चिममा १, सल्यानमा ४, सुर्खेतमा ५ गरी प्रदेशमा आज १५ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको अछाममा १, कन्चनपुरमा १४, कैलालीमा २८, डडेल्धुरामा ६, बझाङमा १९ र बैतडीमा १ जना गरी प्रदेशमा आज ६९ जना थपिएसँगै देशैभरी १६१४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ६४० र पुरुष ९७४ जना रहेका छन् ।
आज थपिएका १६१४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको छ ।
आज १४३७ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरी १४३७ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १४३७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १४३७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९२ प्रतिशत हो ।
कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ५७५ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १४५९, प्रदेश २ मा २८३, बागमती प्रदेशमा ७,६१९, गण्डकी प्रदेशमा ५७०, लुम्बिनी प्रदेशमा ५७०, कर्णाली प्रदेशमा ३४४ र सुदूरपश्चिम प्रदेशमा २४३ जना गरी १० हजार ५७५ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा जनाको उपचार भइरहेको छ ।
कोरोना संक्रमणबाट आज पनि २३ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २३ जनाको मृत्यु भएको हो । आज थपिएका २३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २३ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा १० मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण
.
वि.सं.२०७७ मंसिर ११ बिहीवार १७:५६ मा प्रकाशित






























