back
CTIZAN AD

धरहराको १९ औं तलाको ढलान सम्पन्न

वि.सं.२०७७ मंसिर ११ बिहीवार

882 

shares

काठमाडौं । पुननिर्माण भईरहेको ऐतिहासिक सम्पदा धरहराको १९ औं तलाको ढलान सम्पन्न भएको छ । पुननिर्माण प्राधिकरणले जनाएअनुसार योसँगै अब तीन तलाको ढलान कार्य मात्रै बाँकी छ ।

प्राधिकरणका अनुसार १९ औं तलाको ढलान र टावरको प्लाष्टर, धरहरा परिसर घेर्ने पर्खाल र पार्किङ क्षेत्रको काम पनि अहिले चलिरहेको छ ।
धरहराको पुननिर्माण २०७५ असोज २० देखि भएको थियो । यसको पुननिर्माणको जिम्मा रमन कन्सट्रक्सनले अनुमानित लागत ३ अर्ब ४८ करोड रुपैयाँमा लिएको छ ।

भीमसेन थापाले वि.सं. १८८२ मा निर्माण गरेको ११ तले धरहरा वि.सं. १९९० मा आएको भूकम्पमा क्षतिग्रस्त बन्न पुगेको थियो । त्यससमय धरहरा ११ तलाबाट ९ तलामा सीमित भएको थियो ।

त्यसपश्चात २०७२ वैशाख १२ मा आएको विनाशकारी भूकम्पले धरहरा पूर्णं क्षतिग्रस्त बन्न पुग्यो । पूर्णं क्षति भएपश्चात सरकारले पुर्ननिर्माणको काम अगाडि बढाएको हो ।

यसपटक बन्ने नयाँ धरहरा भित्रबाट २२ तला र बाहिरबाट देख्दा ११ तलाको हुनेछ । धरहरा भिमसेन थापाले बनाएजस्तै देखिनेछ । साथै नयाँ बन्ने धरहरा भूकम्पप्रतिरोधात्मक पनि हुनेछ ।

धरहरामा पहिलो जस्तै भर्यांगसँगै लिफ्टको व्यवस्था पनि हुनेछ ।

वि.सं.२०७७ मंसिर ११ बिहीवार १७:४० मा प्रकाशित

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह

कञ्चनपुर । कञ्चनपुरमा चालु आर्थिक वर्षको पछिल्लो छ महिनामा मात्रै...

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

अस्वस्थ्य खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम बढ्दै

दशरथचन्द (बैतडी) । अस्वस्थकर खानपानका कारण बैतडीमा नसर्ने रोगको जोखिम...

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

वर्षाको असर मौरीपालनमा : चरन क्षेत्रका मौरीघार बगायो

नारायणगढ (चितवन) । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

फ्रान्सलाई पराजित गर्दै फिफा विश्वकपको फाइनलमा स्पेन

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को...

पर्यटक लोभ्याउने ‘ठूली दह’

पर्यटक लोभ्याउने ‘ठूली दह’

त्रिवेणी (रुकुमपश्चिम) । मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो...