back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १५ सोमवार

831 

shares

१५ मंसिर काठमाडौं । नेपालमा सोमबार ( १५ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १७ लाख ३७ हजार ७४७ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ९ हजार ९११ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १७ हजार ४२३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ६०९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या ११ हजार ८१४ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३७५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, प्रदेश २ मा ४, बागमती प्रदेशमा १५९, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ५ जना गरी जम्मा ३७५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ६ जना, प्रदेश २ मा १ जना, बागमती प्रदेशमा ३५ जना, गण्डकी प्रदेशमा ११ जना, लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी देशैभरीका विभिन्न अस्पतालका भेन्टिलेटरमा ज ५८ जना उपचाररत छन् ।

त्यस्तै हाल ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की र रुपन्देही गरी ७ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा ५५३ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थपिएका १४७४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ । साथै आज १९३१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ ।

आज २९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।

आज देशैभरी १४७४ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ८०९ जनासहित देशैभरी १७३४ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा ५, उदयपुरमा १०, झापामा ४९, ताप्लेजुङ २४, तेह्रथुममा १, भोजपुरमा १, धनकुटामा ४, पाँचथरमा २, मोरङमा ८२, संखुवासभामा ४, सोलुखुम्बुमा ४ र सुनसरी ५० गरी प्रदेशमा २३६ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १४, बारामा ३, महोत्तरीमा १, रौतहटमा ३, सप्तरीमा १२, सर्लाहीमा ४ र सिराहामा ७ जना गरी प्रदेशमा आज ४४ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ६१५, काभ्रेपलान्चोकमा २९, चितवनमा ३७, दोलखामा २, धादिङमा १०, नुवाकोटमा ६, भक्तपुरमा ६९, मकवानपुरमा २४, रामेछापमा ४, ललितपुरमा १२५, सिन्धुपाल्चोकमा १० र सिन्धुलीमा १ जना गरी प्रदेशमा आज ९३२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा २९, गोरखामा १६, तनहुँमा २, नवलपरासीपूर्वमा १२, पर्वतमा १, मुस्ताङमा १, म्याग्दीमा १०, लमजुङमा ३, बागलुङमा १ र स्याङजामा १२ जना गरी प्रदेशमा आज ८७ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा ४, गुल्मीमा ३, दाङमा ४९, नवलपरासीमा ५, पाल्पामा ७, प्युठानमा ४, बर्दियामा १, बाँकेमा ८, रुपन्देहीमा ३६ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १२० जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको जाजरकोटमा ४, जुम्लामा ३, दैलेखमा ५, रुकुमपश्चिममा १, सल्यानमा ५ र सुर्खेतमा २४ गरी प्रदेशमा आज ४२ जना संक्रमित थपिएका हुन् ।

सुदूरपश्चिम प्रदेशको अछाममा ४, कन्चनपुरमा १, डडेल्धुरामा २, डोटीमा १ र बाजुरामा ५ जना गरी प्रदेशमा आज १३ जना थपिएसँगै देशैभरी १४७४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ६०२ र पुरुष ८७२ जना रहेका छन् ।

आज थपिएका १४७४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

आज १९३१ जना कोरोना संक्रमणबाट मुक्त
पछिल्लो २४ घण्टामा देशैभरीबाट १९३१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १९३१ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।

आज निको भएका १९३१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९१.९ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ११ हजार ८१४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १७०२, प्रदेश २ मा ३३३, बागमती प्रदेशमा ७,५४१, गण्डकी प्रदेशमा ८५६, लुम्बिनी प्रदेशमा ८८९, कर्णाली प्रदेशमा ११६ र सुदूरपश्चिम प्रदेशमा ३७७ जना गरी ११ हजार ८१४ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा .. जनाको उपचार भइरहेको छ ।

आजमात्रै २९ जनाको मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशैभरी २९ जनाको मृत्यु भएको छ ।  कोरोना संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा आज सबैभन्दा बढीको मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २९ जनाको मृत्यु भएको हो ।  आज थपिएका २९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।

हालसम्म कुन प्रदेशमा कति जनाको मृत्यु भयो त ?
मन्त्रालयका अनुसार हालसम्म प्रदेश १ मा १९१ प्रदेश २ मा १९६, बागमती प्रदेशमा ७५६, गण्डकी प्रदेशमा १०३ जनाको मृत्यु भएको मन्त्रालयको विवरणमा उल्लेख छ । तर, गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले भने प्रदेशमा हालसम्म १५९ जनाको मृत्यु भइसकेको विवरण सोमबार सार्वजनिक गरेको छ ।

त्यस्तै लुम्बिनी प्रदेशमा २०१, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिम प्रदेशमा २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ मंसिर १५ सोमवार १८:०२ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...