back
CTIZAN AD

ओलीलाई गगन थापाको चेतावनी : रामचन्द्र पौडेलको गिरफ्तारीको घटना तपाईँका लागि महंगो पर्नेछ

वि.सं.२०७७ मंसिर १७ बुधवार

912 

shares

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी नियोजित भएको बताएका छन् । बुधबार सामाजिक सञ्जालमार्फत गिरफ्तारी प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक प्रतिशोध र शक्ति उन्माद भएको बताए ।

‘नेका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारी र प्रहरी हस्तक्षेप स्थानीय प्रशासनको एकल निर्णय र परिस्थितिजन्य प्रतिक्रिया हुनै सक्दैन, होइन’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो नियोजित हो, राजनीतिक प्रतिशोध हो, शक्ति उन्माद हो।’

उनका अनुसार पौडेल गिरफ्तारीको घटनाले सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘मेन्सन’ गर्दै उनले पौडेल गिरफ्तारीको घटना निकै महँगो पर्ने पनि चेतावनी दिएका छन् ।

उनले भनेका छन्, ‘यसले यो सरकारको चरित्रलाई उदाङ्गो बनाएको छ, प्रधानमन्त्री केपी शर्मा ओली जी यो तपाईँका लागि निकै महँगो पर्नेछ।’

नेता पौडेललाई तनहुँ प्रहरीले स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोडेको आरोपमा नियन्त्रणमा लिएको छ । उनी पुल उद्घाटनको लागि तनहुँ गएका थिए । तर, पुल उद्घाटनको विषयमा कांग्रेस र नेकपाबीच विवाद बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा लागु गरेको थियो ।

वि.सं.२०७७ मंसिर १७ बुधवार १७:५९ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...