back
CTIZAN AD

यस्तो छ हेर्नुहोस् नेपालमा हालसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १७ बुधवार

588 

shares

१७ मंसिर, काठमाडौं । नेपालमा बुधबार (१७ मंसिर ) सम्म पिसीआर प्रविधिबाट १ लाख ५४ हजार ६३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८ हजार ३०० वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ५४७ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ८०६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ७४१ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३६५ जना संक्रमित उपचाररत छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३२, प्रदेश २ मा ७, बागमती प्रदेशमा १४४, गण्डकी प्रदेशमा ९४, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३६५ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ११ जना, प्रदेश २ मा २ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा १२ जना, लुम्बिनी प्रदेशमा ३ जना र सुदूरपश्चिम प्रदेशमा २ जना गरी जम्मा ६४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, काठमाडौं, भक्तपुर, ललितपुर र कास्की गरी ५ वटा रहेका छन् ।

यसैगरी क्वारेन्टिनमा ६०५ जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।

त्यस्तै आज थपिएका १४९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । साथै आज १५६७ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ ।

आज ९ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।

आज देशैभरी १४९० जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका ७२३ जनासहित देशैभरी १४९० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ५३१, ललितपुरमा १३४ र भक्तपुरमा ५८ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै आज प्रदेश १ को इलाममा २१, उदयपुरमा ३, झापामा ३१, ताप्लेजुङमा १, भोजपुरमा १, धनकुटामा २, मोरङमा २९ र सुनसरीमा २४ गरी प्रदेशमा आज ११३ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा ९, पर्सामा ५, बारामा ३, महोत्तरीमा ५, रौतहटमा १, सप्तरीमा २, सर्लाहीमा २ र सिराहामा ८ जना गरी प्रदेशमा आज ३५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ५३१, काभ्रेपलान्चोकमा १९, चितवनमा ४८, दोलखामा ५, धादिङमा १६, नुवाकोटमा २३, भक्तपुरमा ५८, मकवानपुरमा १८, रसुवामा ७, रामेछापमा १३, ललितपुरमा १३४, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा १ जना गरी प्रदेशमा आज ८८२ जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा ५८, गोरखामा २१, तनहुँमा १४, नवलपरासीपूर्वमा ३, पर्वतमा ३, लमजुङमा २३, बागलुङमा ३ र स्याङजामा ७ जना गरी प्रदेशमा आज १३२ जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५, कपिलवस्तुमा ३, गुल्मीमा ३, दाङमा ६९, नवलपरासीमा ६, पाल्पामा १९, प्युठानमा ६, बर्दियामा ६, बाँकेमा २२, रुपन्देहीमा २८ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १६८ जनामा संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको रुकुमपश्चिममा ४ जना संक्रमित थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा ११, कन्चनपुरमा १७,कैलालीमा ११२, डडेल्धुरामा १, दार्चुलामा १, बझाङमा ६ बाजुरामा ८ जना गरी प्रदेशमा आज १५६ जना थपिएसँगै देशैभरी १४९० जना संक्रमति थपिएका हुन् । जसमा महिला ५६५ र पुरुष ९२५ जना रहेका छन् ।

आज थपिएका १४९० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ ।

आज १५६७ जना कोरोना संक्रमणबाट मुक्त भए
१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १५६७ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये १५६७ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका १५६७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १८ हजार १६१ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९२.३ प्रतिशत हो ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ७४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १६२९, प्रदेश २ मा २९८, बागमती प्रदेशमा ६,७८८, गण्डकी प्रदेशमा ७४७, लुम्बिनी प्रदेशमा ६२४, कर्णाली प्रदेशमा १०८ र सुदूरपश्चिम प्रदेशमा ५४५जना गरी १० हजार ७४१ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ८०६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज नौ जनाको मृत्यु
कोरोना संक्रमणबाट आज ९ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका ९ जनाको मृत्यु भएको हो ।
आज थपिएका ९ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५३८ पुगेको छ ।

हेर्नुहोस् यस्तो छ नेपालमा १६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर १७ बुधवार १७:३४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...