back
CTIZAN AD

हेर्नुहोस् यस्तो छ नेपालमा १६ मंसिरसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ मंसिर १६ मंगलवार

666 

shares

१६ मंसिर, काठमाडौं । नेपालमा मंगलबार (१६ मंसिर) सम्म पिसीआर प्रविधिबाट १७ लाख ४६ हजार ३३० वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट ८,५८५ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित १६ हजार ६३३ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ५ हजार ६३५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या १० हजार ९९८ रहेको छ ।

त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा ३७० जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ४६, प्रदेश २ मा ५, बागमती प्रदेशमा १४२, गण्डकी प्रदेशमा ८९, लुम्बिनी प्रदेशमा ७२, कर्णाली प्रदेशमा ९ र सुदूरपश्चिममा ७ जना गरी जम्मा ३७० जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी प्रदेश १ मा ११, प्रदेश २ मा २, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा १३ लुम्बिनी प्रदेशमा ३ र सुदूरपश्चिममा २ जना गरी जम्मा ६३ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला, झापा, मोरङ, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, गरी ६ वटा रहेका छन् ।
यसैगरी क्वारेन्टिनमा ६१६जना रहेका छन् भने शून्य संक्रमित रहेको जिल्ला मनाङ र डोल्पा रहेको छ ।

त्यस्तै आज थपिएका १३०४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ । साथै आज २०७३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ ।

आज २१ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५२९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज देशैभरी १३०४ जना नयाँ कोरोना संक्रमित थपिए
नेपालमा आज काठमाडौं उपत्यकाका ५३० जनासहित देशैभरी १३०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ४०९, ललितपुरमा ८५, र भक्तपुरमा ३६ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार आज प्रदेश १ को इलाममा २१, उदयपुरमा २, ओखलढुंगामा ४, खोटाङमा २, झापामा ६८, ताप्लेजुङमा २, तेह्रथुममा २, भोजपुरमा २, धनकुटामा १, मोरङमा ६१ र सुनसरीमा ५२ गरी प्रदेशमा २०९ जना संक्रमित थपिएका हुन् ।

प्रदेश २ को धनुषामा १४, पर्सामा ३, बारामा ४, महोत्तरीमा ३, रौतहटमा ३, सप्तरीमा ९, सर्लाहीमा ४ र सिराहामा ५ जना गरी प्रदेशमा आज ४५ जना संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको काठमाडौंमा ४०९, काभ्रेपलान्चोकमा ४०, चितवनमा २२, दोलखामा २, धादिङमा ८, नुवाकोटमा १, भक्तपुरमा ३६, मकवानपुरमा २९, रामेछापमा ४, ललितपुरमा ८५, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा २ जना गरी प्रदेशमा आज .. जनामा संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशको कास्कीमा १००, गोरखामा ३, तनहुँमा १०, नवलपरासीपूर्वमा१५, पर्वतमा १, मुस्ताङमा २, म्याग्दीमा १, लमजुङमा ४, बागलुङमा १३ र स्याङजामा ११ जना गरी प्रदेशमा आज १६० जना संक्रमित थपिएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ८, कपिलवस्तुमा ९, गुल्मीमा ९, दाङमा ४, नवलपरासीमा ६, पाल्पामा १४, प्युठानमा ४, बर्दियामा १९, बाँकेमा ३०, रुपन्देहीमा ४५ र रोल्पामा १ जना गरी प्रदेशमा आज जम्मा १४९ जनामा संक्रमण पुष्टि भएको छ ।

सुदूरपश्चिम प्रदेशको अछाममा १९,कन्चनपुरमा १४,कैलालीमा ११, डडेल्धुरामा १२, डोटी र दार्चुलामा १÷१, र बझाङमा १०, बाजुराममा ६ र बैतडीमा १८ जना गरी प्रदेशमा आज ९२ जना थपिएसँगै देशैभरी १३०४ जना संक्रमति थपिएका हुन् । जसमा महिला ५०१ र पुरुष ८०३ जना रहेका छन् ।

आज थपिएका १३०४ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

आज २०७३ जनाले कोरोना जितेर घर फर्किए
पछिल्लो २४ घण्टामा देशैभरी २०७३ जना कोरोना संक्रमित निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २०७३ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् ।
आज निको भएका २०७३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ । मन्त्रालयका अनुसार कूल संक्रमित मध्ये निको हुनेको यो दर ९२.३ प्रतिशत हो ।

हालसम्म कुन प्रदेशमा कतिजना निको भए त ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म निको हुनेमा प्रदेश १ मा २५ हजार २८४, प्रदेश २ मा १९ हजार ५५६, बागमती प्रदेशमा १ लाख १८ हजार ३४ जना, गण्डकी प्रदेशमा १२ हजार ५५३, लुम्बिनी प्रदेशमा २३ हजार ८४६, कर्णाली प्रदेशमा ५ हजा ९४३ र सुदूरपश्चिम प्रदेशमा ११ हजार २४८ जना निको भएका छन् ।

कति छन् त होम आइसोलेसनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १० हजार ९९८ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
जसमा प्रदेश १ मा १७४८, प्रदेश २ मा ३१९, बागमती प्रदेशमा६८५८, गण्डकी प्रदेशमा ७९१, लुम्बिनी प्रदेशमा ७५९, कर्णाली प्रदेशमा १०७ र सुदूरपश्चिम प्रदेशमा ४१६ जना गरी १० हजार ९९८ जना रहेका छन् । साथै देशका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरमा ५ हजार ६३५ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणबाट आज २१ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २१ जनाको मृत्यु भएको हो ।
आज थपिएका २१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५२९ पुगेको छ ।

यस्तो छ हेर्नुहोस् नेपालमा मंसिर १५ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

.

वि.सं.२०७७ मंसिर १६ मंगलवार १७:१५ मा प्रकाशित

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

डा लामिछानेको अध्यक्षतामा गठन भयो ‘ट्रमा सोसाइटी अफ नेपाल’

काठमाडौँ । हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी...

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

अमेरिका र क्रोएशिया पठाउने भन्दै ४० लाख बढी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया...