back
CTIZAN AD

युरिया मल आएसँगै हर्षित पर्साका किसान

वि.सं.२०७७ मंसिर १६ मंगलवार

960 

shares

१६ मंसिर,काठमाडौं। रासायनिक मल युरियाविना धान रोपेका पर्साका किसान गहुँ लगाउने याममा सो मल पाएपछि हर्षित भएका छन् । साउनदेखि युरिया मलको अभाव हुँदा गहुँ खेती प्रभावित भएपछि त्यहाँका किसान निराश भए पनि केही दिनयता युरिया मल आउन थालेपछि किसानलाई गहुँ खेती गर्न सहज भएको छ ।

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेडले केही दिनयता युरिया मल ल्याउन थालेको छ । नेपालका लागि तेस्रो मुलुकबाट ३० हजार मेट्रिक टन युरिया ल्याउनुपर्नेमा हालसम्म एक हजार मेट्रिक टन युरिया तथा चार हजार ६०० मेट्रिक टन पोटास वीरगञ्ज कार्यालयमा आइसकेको प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले जानकारी दिए । तीमध्ये पर्साका लागि १२ हजार ५०० मेट्रिक टन युरिया चाहिन्छन् ।

स्विस सिङ्गापुर सप्लायर्सले कोलकाता बन्दरगाह हँदै रेलमार्गमार्फत वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा सो रासायनिक मल ल्याउने गरेको छ । मङ्सिर महिनाभित्र सबै ३० हजार मेट्रिक टन युरिया मल आइपुग्ने सो कार्यालयले जनाएको छ । गहुँ, धान, मकैलगायत बर्खेबालीका लागि रासायनिक मल आवश्यक पर्ने भएकामा मल आउन थालेपछि अभाव समाप्त भएको बताइएको छ । रासस

वि.सं.२०७७ मंसिर १६ मंगलवार १७:२४ मा प्रकाशित

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

धेरैको ज्यान लिएको ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’...

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...