back
CTIZAN AD

पार्टी बैठकमै केक काटेर नेताहरुले कम्युनिष्ट संस्कृतिमाथि खिसिट्युरी गरे : लेखनाथ न्यौपाने

वि.सं.२०७७ मंसिर १६ मंगलवार

1.1K 

shares

काठमाडौं । पार्टी बैठकमा जन्मदिन मनाउँदै केक काटेको प्रति नेकपाका नेता लेखनाथ न्यौपानेले विरोध जनाएका छन् । उनले बैठकमा केक काटेर जन्मदिन मनाउनु कम्युनिष्ट संस्कृतिभन्दा बाहिर भएको भन्दै विरोध जनाएका हुन् ।

नेता न्यौपानेका अुनसार पार्टी बैठकमा केक काटेर नेताहरुले कम्युनिष्ट संस्कृतिमाथि खिसिट्युरी गरेका छन् । जुन कम्युनिष्ट संस्कृतिसँग जोडिएको गम्भीर विषय भएको उनको भनाई छ ।

यस्ता बिषय ब्यक्तिगत हुनै सक्दैन, अझ राजकीय जिम्मामा रहेका नामकै सही कम्युनिस्ट पार्टीका शीर्ष नेता (कोर अफ द लिडर)…

Posted by Lekhnath Neupane on Tuesday, December 1, 2020

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘यस्ता बिषय ब्यक्तिगत हुनै सक्दैन, अझ राजकीय जिम्मामा रहेका नामकै सही कम्युनिस्ट पार्टीका शीर्ष नेता (कोर अफ द लिडर) हरूको बिचमा । यो कम्युनिस्ट संस्कृतिसँग जोडिएको गम्भीर बिषय हो, जुन तस्बीरहरूले कम्युनिस्ट संस्कृति र पहिचानमाथि खिसिट्युरी गरेको छ ।’

मंगलबार बसेको नेकपाको सचिवालय बैठकमा पार्टी महासचिव विष्णु पौडेलले आफ्नाे जन्मदिन केक काटेर मनाएका थिए । महासचिव पौडेललाई दुवै अध्यक्षसहित नेताहरुले केक खुवाएर साथ दिएका थिए ।

वि.सं.२०७७ मंसिर १६ मंगलवार १७:३३ मा प्रकाशित

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

नेकपा संयोजक प्रचण्ड तीन दिने भ्रमणका लागि श्रीलङ्का प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलङ्का...

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

रौतहटमा एक युवकद्वारा आत्मदाह प्रयास, कीर्तिपुर बर्न अस्पताल रिफर

काठमाडौं । रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको...

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

प्रभु बैंकको ४८ करोड कर्जा दुरुपयोग प्रकरणमा एक पक्राउ, सीआईबीद्वारा अनुसन्धान तीव्र

काठमाडौं । प्रभु बैंक लिमिटेडबाट रिसोर्ट निर्माण तथा जग्गा खरिदका...

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

कर्णाली सरकारका चार मन्त्रीद्धारा सामूहिक राजीनामा

काठमाडौं । कर्णाली सरकारमा सहभागी कांग्रेसका चार मन्त्रीले सामूहिक राजीनामा...

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

आज यी चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

अब निजी सञ्चार माध्यामलेपनि सरकारी विज्ञापन पाउने

काठमाडौँ । सर्वोच्च अदालतले सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू...