काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दैै गिरफ्तारीप्रति विरोध जनाएका हुन् ।
उनले पौडेलप्रति प्रहरीबाट भएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको बताएका छन् । देउवाले सरकारको भत्सर्ना गर्दै तत्काल रिहा नगरे गम्भीर परिणाम आउने चेतावनी पनि दिएका छन् ।
‘कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुव्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले विज्ञप्तीमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’
उनले वर्तमान सरकार अधिनायकवादी आकांक्षाको जगमा उभिएको भन्दै सरकारको अधिनायकवादी अभिस्टलाई पुरा हुन नदिन कांग्रेसले देशव्यापी शसक्त प्रतिरोध गर्ने पनि चेतावनी दिए ।
यस्तो छ देउवाले सार्वजनिक गरेको विज्ञप्ती