back
CTIZAN AD

आक्रोशित देउवाले भने – सरकारको प्रवृत्ति विरुद्व देशव्यापी प्रतिरोधमा उत्रन्छौ

वि.सं.२०७७ मंसिर १७ बुधवार

657 

shares

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दैै गिरफ्तारीप्रति विरोध जनाएका हुन् ।

उनले पौडेलप्रति प्रहरीबाट भएको दुव्र्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक भएको बताएका छन् । देउवाले सरकारको भत्सर्ना गर्दै तत्काल रिहा नगरे गम्भीर परिणाम आउने चेतावनी पनि दिएका छन् ।

‘कांग्रेसका नेता रामचन्द्र पौडेलमाथि गरिएको दुव्यवहार र गिरफ्तारी अत्यन्तै आपत्तिजनक छ’, देउवाले विज्ञप्तीमार्फत भनेका छन्, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’

उनले वर्तमान सरकार अधिनायकवादी आकांक्षाको जगमा उभिएको भन्दै सरकारको अधिनायकवादी अभिस्टलाई पुरा हुन नदिन कांग्रेसले देशव्यापी शसक्त प्रतिरोध गर्ने पनि चेतावनी दिए ।

यस्तो छ देउवाले सार्वजनिक गरेको विज्ञप्ती

वि.सं.२०७७ मंसिर १७ बुधवार १७:३२ मा प्रकाशित

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु एक खर्ब बराबरको निक्षेप...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

जल तथा मौसमजन्य विपद् जोखिम सम्बन्धी पूर्वसूचना प्रवाह गर्ने सम्बन्धमा सम्झौता

काठमाडौँ । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...