back
CTIZAN AD

पोखराका पर्यटनलाई पुरानै लयमा फर्काउन जोड

वि.सं.२०७७ मंसिर १७ बुधवार

744 

shares

१७ मंसिर, गण्डकी । कोरोना महामारीका कारण समस्यामा परेको पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन पोखराका पर्यटन व्यवसायी व्यवसाय प्रवद्र्धनामा सक्रिय भएका छन् । पर्यटकको आकर्षण बढाउँदै पोखरा स्वास्थ्य सुरक्षाका दृष्टिकोणले पनि उपयुक्त गन्तव्य हो भन्ने सन्देश प्रवाहका लागि प्रर्वद्धनात्मक भ्रमणलाई यतिखेर प्राथमिकताका साथ अघि बढाइएको छ ।

पदयात्रा पर्यटनमा नयाँ गन्तव्यको विकास गर्ने लक्ष्यका साथ ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको नेतृत्वमा एक टोली यतिखेर उत्तर तर्फको अन्नपूर्ण आधार शिविरको यात्रामा छ । उत्तरको अन्नपूर्ण आधार शिविर पदमार्गलाई पदयात्रा पर्यटनसँग जोड्ने लक्ष्यका साथ प्रवद्र्धनात्मक भ्रमण गरिएको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष सुशीलराज पौडेलले जानकारी दिए ।

लामो समयदेखि सुस्ताएको पर्यटनलाई पुरानैलयमा फर्काउने लक्ष्यका साथ नेपाल एशोसिएशन अझ टुर एण्ड ट्राभल्स एजेन्सिज (नाट्टा) गण्डकी प्रदेशले आजदेखि तनहुँ, लमजुङ, गोरखालगायत स्थानका पर्यटकीयस्थलको अवलोकन भ्रमण शुरु गरेको छ । लामो समयदेखि ठप्प भएको पर्यटनलाई विस्तारै गति दिने लक्ष्यका साथ चार दिने भ्रमणको कार्यक्रम तय गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए।

“लामो समयदेखि शिथिल बनेको पर्यटनलाई चलायमान बनाउन नयाँ गन्तव्यको खोजीभन्दा पनि सञ्चालनमा आएका गन्तव्यको प्रवद्र्धन अहिलेका आवश्यकता हो”, उनले भने। पोखरा आउने पर्यटकलाई सुविधासम्पन्न सवारी सेवा प्रवाह गरिरहेको पर्यटन यातायात सम्वृद्ध व्यवसायी पनि यतिखेर सुस्ताएको पर्यटनलाई गति दिने तयारीमा जुटेका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्यत्राउने योजना सार्वजनिक र पर्यटनजन्य होटेल व्यवसाय एवं अन्य सम्बद्ध क्षेत्रमा लगानी बढाउन गरेको आग्रहअनुसार स्तरीय पर्यटक बसमा व्यवसायीले राम्रै लगानी गरेको नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष बोबरजङ्ग गुरुङले बताए । उनका अनुसार भ्रमण वर्ष शुरू हुनुअगावै होटल तथा रेष्टुराँमा पूर्वाधार थप गरिनुका साथै नयाँ होटल बन्ने क्रमले गति लिएका अवस्थामा त्यही अनुरूप पर्यटकलाई आवतजावत गराउने सुविधासम्पन्न पर्यटक बस थप्ने क्रम पनि बढेको थियो । पोखराबाट हरियो नम्बर प्लेटमा चल्ने पर्यटक यातायातका सवारीसाधन कारदेखि सुविधा सम्पन्न ल्याण्डक्रुजर, कोस्टर आदि रहेको जानकारी दिँदै गुरुङले भ्रमण वर्षलाई लक्षित गरी पछिल्लो समयमा मात्रै यहाँ झण्डै रु ५० करोड बराबरका पर्यटक सवारीसाधन व्यवसायीले खरिद गरेको बताए ।

लगानीसँगै एकाएक भित्रिएको कोरोना महामारीले पर्यटन यातायात क्षेत्रको अर्बौँको लगानी यतिखेर जोखिममा परेको सम्बद्ध व्यवसायी बताउँछन् । सङ्घमा हाल विभिन्न क्षमताका ४०० पर्यटक सवारीसाधन छन् । सङ्घमा आबद्ध पर्यटक सवारीसाधन बन्दाबन्दी शुरु भएयता थन्किएर बस्नुपर्दा दैनिक न्यूनतम दुई लाख रूपैयाँ घाटा व्यहोर्नुपरेको उनले जानकारी दिए ।

सरकारले पर्यटन क्षेत्र खुल्ला गरे पनि आसपासका पर्यटकीय गन्तव्य अझै नखुल्दा घुम्न आउने पर्यटक निराश बनेर फर्किएको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवं यात्री बस प्रालिका अध्यक्ष सोम थापाले बताए । पर्यटनमा विस्तारै चहलपहल शुरु भएका अवस्थामा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै सबै गन्तव्य खोलिनुपर्ने उनको भनाइ छ । सुस्ताएको पर्यटनलाई पूर्ववत् अवस्थामा नै फर्काउने लक्ष्यअनुरुप नेपाल पर्यटक यातायात व्यवसायी सङ्घ, गण्डकी प्रदेशको आयोजनामा यही मङ्सिर २२ गतेदेखि तीन दिनको प्रवद्र्धनात्मक भ्रमण तय गरिएको सङ्घका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए ।

सङ्घले स्याङ्जा, पाल्पा, नवलपुर, चितवन हुँदै आसपासका विभिन्न पर्यटकीय गन्तव्यमा प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागेको जानकारी दिँदै गुरुङले सो क्रममा पोखरा पर्यटकका लागि स्वास्थ्य सुरक्षाका दृष्टिले पनि सुरक्षित छ भन्ने सन्देश प्रवाह गरिने जानकारी दिए । पर्यटकलाई सुरक्षित महसुस गराउने गरी यातायात सञ्चालनको तयारी गरिरहेको र यस बीचमा सुरक्षा मापदण्डलगायत विषयमा सवारी चालक तथा अन्य कर्मचारीलाई तालीम दिइसकेको सङ्घले जनाएको छ । रासस

वि.सं.२०७७ मंसिर १७ बुधवार १७:११ मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...