back
CTIZAN AD

दन्किरह्यो आगो, आएन दमकल

वि.सं.२०७७ मंसिर १७ बुधवार

642 

shares

१७ मंसिर, काठमाडौं । मङ्गलबार साँझ बागलुङ जिल्ला सदरमुकामस्थित कपास उद्योगमा आगलागी भयो । आगलागीबाट कपास उद्योग पूर्णरुपमा क्षति भयो । जिल्ला सदरमुकामस्थित बागलुङ नगरपालिका–४ उपल्लाचौरमै आगलागी हुँदासमेत नियन्त्रणमा आउन सकेन, कारण थयो दमकल नपुग्नु ।

कपास उद्योग नजिकै नेपाली सेनाको अर्जुनवाण गण, सदरमुकाममै विपद् प्रहरी, सशस्त्र प्रहरी बल र दमकल हुँदाहुँदै पनि आगो नियन्त्रणमा नआउँदा बजारवासी आक्रोशित भएका छन् । स्थानीयवासीका अनुसार बागलुङ नगरपालिकाको दमकल र सेना प्रहरी समयमै खटिएको भए सदरमुकामभित्रै यति ठूलो क्षति हुने थिएन होला ।

अस्मिता कपास उद्योगमा आगलागी हुँदा झण्डै रु १५ लाख बराबरको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार उद्योगमा आगलागी हुँदा कपास पेल्ने औजार, ट्रसको छाप्रो, सिरक र डसना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगो एक घण्टापछि मात्र नियन्त्रणमा आएको थियो ।

“शुरुमा प्रहरी कार्यालयमै दमकल हुन्थ्यो, नगरपालिकाको चालक नहुँदा, प्रहरीकै चालकले दमकल गुडाउँथे”, सूचना अधिकारी रेग्मीले भने, “अहिले नगरपालिकाले आफ्नो दमकल भन्दै लग्यो, दमकलको चालक नभएको र बिग्रेकोजस्ता कुरा आए, त्यसैले बढी क्षति हुन पुग्यो ।” दमकललाई चुस्त दुरुस्त नबनाए ठूलो आगलागीको घटनामा समेत समस्या हुने गरेको बताइएको छ ।

आगलागी हुनासाथ नगरपालिकाको दमकललाई खबर गरे पनि चालक सम्पर्कमा नरहेको भन्दै आउन नसकेको कपास उद्योगका सञ्चालक वीरबहादुर श्रेष्ठले जानकारी दिए । कपास उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको थियो ।

आगलागीका घटना हुँदा समेत नआउने नगरपालिकाको दमकलको औचित्य नभएको अधिकारकर्मी राम शर्माले बताए । “दमकल वडा कार्यालयमा थन्काउने हैन, दमकल ब्यारेक तथा प्रहरी भित्र राख्नुपर्दछ”, उनले भने, “नत्र दमकल तोडफोड हुने तथा बिग्रने समस्या आउछ, बिग्रेको खबर पहिला जनतालाई नभन्ने, आगलागी भएपछि दमकल बिग्रेको भन्न पाइँदैन ।”

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले दमकलको पम्प बिग्रेकाले आगलागी नियन्त्रणमा जान नसकेको बताए । उनले भने , “मैले मर्मतका लागि हेटौँडाबाट सामग्री झिकाउन पहल गरिरहेको थिए, तर बिग्रेकै समयमा आगलागी भयो, हामी छिट्टै मर्मत गरेर चलाउने गरी काम गर्दैछौँ ।”

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले चालक सम्पर्कमा नआएको विषयलाई लिएर उनलाई तत्कालै कारवाही गर्ने दृढता व्यक्त गरे । दमकल बिग्रेको भए पनि चालक सम्पर्कमा नआउनु भनेको गैरजिम्मेवारपूर्ण कार्य भएको बताउँदै उनले चालकलाई कडा कारवाही गर्न निर्देशन दिइसकेको जानकारी दिए । रासस

वि.सं.२०७७ मंसिर १७ बुधवार १७:१० मा प्रकाशित

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

बेगनासतालमा डुङ्गा दौड प्रतियोगिता हुने

पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनासतालमा यही बुधबार छैटौँ संस्करणको...

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

म्याग्दी । बेनी नगरपालिका–४ सिंगा तातोपानीको मसारमा नदी नियन्त्रण योजना...