back
CTIZAN AD

क्रिष्टियानो रोनाल्डोले पुरा गरे करियरको ७५० औँ गोल

वि.सं.२०७७ मंसिर १८ बिहीवार

636 

shares

एजेन्सि। क्रिष्टियानो रोनाल्डोले आफ्नो करियरको ७५० औँ गोल पुरा गरेका छन् । च्याम्पियनस लिग अन्तरगत डिनाभमो किभसँग भएको खेलको ५७ औं मिनेटमा गोल गर्दै उनले उक्त माइलस्टोन पुरा गरेका हुन् ।

उनले आफ्नो करियरको ७०० औँ गोल २०१९ को अक्टोभरमा पुरा गरेका थिए । एक बर्षको अन्तरालमा थप ५० गोल गर्दै उनले आफ्नो करियरको ७५० औँ गोल पुरा गरेका हुन् ।

युभेन्टस् र डिनाभमो किभ बिच भएको उक्त खेलमा च्याम्पियनस लिगको इतिहासमै पहिलो पटक महिला रेफ्रि द्धारा खेल खेलाइएको थियो ।
उक्त खेल पछि रोनाल्डोले इन्टाग्राममा सम्पूणे खेलाडी, कोच र फ्यानलाई सम्बोधन गर्दै लेखेका छन्, “७५० गोल, ७५० खुसिका क्षण, समर्थकहरुको अनुहारमा छाएको ७५० खुसिका पल । म मेरा सबै कोच, खेलाडीहरु र फ्यानलाई धन्यवाद दिन चाहान्छु जसले मलाई यति धेरै गोल गर्न सहयोग र हौसला प्रदान गरे । म मेरा प्रतिस्पर्धिहरुलाई पनि धन्यवाद दिन चाहान्छु, जसले मलाई दिनप्रति कडा मिहेनत गर्न प्रेरित गरे ।” उनले अन्त्यमा थपेका छन्,“ अबको लक्ष ८००”

रोनाल्डोले आफ्नो खेल जिवन पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वोन बाट सुरुवात गरेका थिए । लिस्वोनका लागि २००२ मा डेब्यू खेलमानै उनले गोल गरेका थिए । म्यान्चेष्टर यूनाइटेडमा २००३ मा जानु अघि उनले लिस्बोनका लागि ५ गोल गरेका थिए ।

यूनाइटेडमा ६ सिजन

२००३ मा म्यान्चेष्टर यूनाइटेडमा आबद्ध भएका उनले त्याहाँ ६ सिजन बिताएका थिए । ६ सिजनमा यूनाइटेडमा रहदा उनले तीन प्रिमियर लिग, एक च्याम्पियनस लिग, एफए कप, लिग कप दुई पटक र फिफा क्लब वल्ड कप जितेका थिए । उनले यूनाइटेडका लागि ११८ गोल गर्दै एक बालोन डि अवार्ड पनि जितेका थिए ।

रियलका लागि ४५० गोल
२००९ मा विश्व रेकर्ड ट्रयान्सफर फिमा म्यान्चेष्टर यूनाइटेडबाट रियल मड्रिड पुगेका रोनाल्डोले रियलका लागि ४५० गोल गरे । उनले रियलमा रहदा चार च्याम्पियनस लिग, दुईदुई पटक कोपा डेल रे, ला लिगा र युइफए सुपार कप र तीन पटक फिफा क्लब वल्ड कप जितेका थिए । उनले रियलमै रहदा चार पटक बालोन डि अवाड आफ्नो नाममा गरेका थिए ।

२०१८ देखि युभेन्टस्मा
२०१८मा युभेन्टस् पुगेका रोनाल्डोले तेस्रो सिजन चलिरहदा युभेन्टस्का लागि ७५ गोल गरेका छन् । उनिले युभेन्टस्लाई लगातार दुई सिजन सिरी ए बिजेता बन्न महत्वपूर्ण खेल प्रदर्शन गरेका थिए ।

देशका लागि बढी गोल गर्नेको दोस्रो स्थानमा
क्रिष्टियानो रोनाल्डोले पोर्चुगलका लागि १०२ गोल गरेका छन् । उनी युरोपियन देशहरुमा देशका लागि सबैभन्दा बढी गोल गर्नेको शिर्ष स्थानमा पर्छन भने विश्वभर अलि डेईले गरेको १०९ गोल पछि दोस्रो स्थानमा रहेका छन् ।

वि.सं.२०७७ मंसिर १८ बिहीवार १३:०२ मा प्रकाशित

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...