back
CTIZAN AD

तनहुँ घटनाबारे छलफल गर्न देउवाले बोलाए कांग्रेस पदाधिकारीको आकस्मिक बैठक

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

654 

shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । तनहुँ घटनाबाट आक्रोशित देउवाले पदाधिकारीहरुको आकस्मिक बैठक बोलाएका हुन् ।

जनाइएअनुसार बैठक शुक्रबार दिउँसो २ बजेदेखि सभापति निवास बुलानीलकण्ठमा बस्दैछ । जनाइएअनुसार बैठकमा तनहुँ घटनाकै विषयमा छलफल हुनेछ ।

गत बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई निषेधाज्ञा उल्लंघनकाे आराेपमा प्रहरीले पक्राउ गरेको थियो । उनलाई तीन घण्टासम्म प्रहरीले नियन्त्रणमा राखेको थियो ।

पौडेलविरुद्व प्रहरीले गरेको त्यस्तो व्यवहार गरेसँगै सभापति देउवाले विज्ञप्ती नै सार्वजनिक गरेर सरकारविरुद्व आक्रोश पोखेका थिए । उनले सरकार अधिनायकवादतर्फ उन्मुख हुँदै गएको भन्दै देशव्यापी प्रतिरोध गर्ने चेतावनी दिएका थिए ।

जसपश्चात कांग्रेसले देशैभरि विरोध प्रदर्शन पनि गरेको थियो । देउवाले पछिल्लो उक्त घटनाबारे समिक्षा गर्न र आगामी रणनीतिबारे छलफल गर्न पदाधिकारीहरूकाे बैठक बोलाएको बताइएको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १२:१० मा प्रकाशित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

मारुत अभियानका अभियन्ताहरू ‘आयुष अन्तर्राष्ट्रिय राईजिङ अवार्ड’ बाट विभूषित

‎काठमाडौँ । पूर्वीय दर्शनको प्राण, मानव चेतनाको ऊर्ध्वगमनको वैज्ञानिक पद्धति...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

काठमाडौं महानगरले ७ क्लस्टरमा विभाजन गरी फोहोर व्यवस्थापन गर्ने

  काठमाडौं । फोहोर नि:शुल्क, सशुल्क, न्यूनीकरण, सिर्जनात्मक पुन: चक्रीय...

लुम्बिनीको बजेट सोमबार

लुम्बिनीको बजेट सोमबार

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को...

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...