back
CTIZAN AD

ईश्वर पोखरेलको दौडधुप : प्रचण्डलाई भेटेर फर्किएलगत्तै राष्ट्रपतिलाई भेट्न शितल निवासमा

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

732 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढिरहेको बेला सचिवालय सदस्य ईश्वर पोखरेलले दौडधुप बढाएका छन् । शुक्रबार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवासमै पुगेर भेटेका उनले लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।

शुक्रबार बिहान साढे १० बजेतिर प्रचण्ड निवास खुमलटार पुगेका पोखरेल एक घण्टा बसेर फर्किएका थिए । हाल उनी भण्डारीसँगको छलफलका लागि शितल निवासमा छन् ।

नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच संवाद हुन नसकिरहेका बेला पोखरेलले सक्रियता बढाएका हुन् । सचिवालय बैठकले एकले अर्कोलाई आक्षेप लगाउँदै प्रस्ताव पेस गरेसँगै दुई अध्यक्षबीच बोलचालसमेत बन्द छ ।

यसैबीच, नेकपा विवादमा राष्ट्रपति भण्डारीले दुवै पक्षसँग छलफल गरिरहेकी छिन् । उनले बिहिबार मात्र ओली र प्रचण्डसँग छुट्टा छुट्टै छलफल गरेकी थिइन् । शुक्रबार पोखरेलको दौडधुपलाई पनि सोही छलफलको निरन्तरताको रुपमा बुझिएको छ ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १३:१३ मा प्रकाशित

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

बंगलादेशकाे”आँप कूटनीति”, काठमाडाैँमा बाँडियाे बंगाली आँप

काठमाडौँ । काठमाडौँस्थित बंगलादेशी दूतावासले काठमाडौँमा बंगाली आँप बाँडेको छ...

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

साहित्यकार न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन

घोराही । साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

आजको मौसम : केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना !

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौँ । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ...