१९ मंसिर, काठमाडौं । अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व खल्ती एपबाट बुझाउन सक्ने छन् । बासिन्दाले आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी राजस्व बुझाउन सक्ने भएका हुन। खल्ती डिजिटल वालेटले वालिंङ नगरपालिकासँग सो सम्बन्धि सम्झौता गरेको छ ।
नगरपालिकाका बासिन्दाले सम्पत्तिलगायतका विभिन्न प्रकारका राजस्व तथा सेवा लिए वापत सेवा शुल्क भुक्तानी गर्नुपर्नेहुन्छ । सो शुल्क ‘खल्ती’ का ग्राहकले खल्तीको वेबपेज वा मोबाइल एपमा रहेको सरकारी सेवा मेनुमा गइ वालिंङ नगरपालिका ट्याप गरेर शुल्क भुक्तानी गर्न सक्नेछन् । सेवाग्राहीको भिड भइरहने नगरपालिकामा मोबाइलमा रहेको खल्ती एपबाटै शुल्क भुक्तानी गर्न सकिने भएपछि वालिंङ नगरपालिकाका बासिन्दालाई निकै सहज हुने नगरपालिका अपेक्षा रहेको छ ।
“डिजिटल नेपाल, समृद्धिको महाअभियान” नारा भएको खल्ती डिजिटल वालेटका संस्थापक तथा डाइरेक्टर अमित अग्रवाल यस सम्झौताले डिजिटल नेपालको सपना पुरा गर्ने तर्फ खल्ती एक पाइला अझ नजिक पुगेको विश्वास लिएका छन् ।
खल्ती वालेटको प्रयोग गरी ६०ं बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ।
कसरी डाउनलोड गर्ने खल्ती एप ?
खल्ती एप यो लिंकबाट डाउनलोड गरि उपलब्ध सबै सेवाहरुको अनलाईन भुक्तानी गर्न सकिन्छ । मोबाइलमा डाउनलोड गर्न गुगल प्ले
स्टोर वा एप्पल स्टोरमा यो एप उपलब्ध छ ।
वि.सं.२०७७ मंसिर १९ शुक्रवार १५:१५ मा प्रकाशित






























