१९ मङ्सिर, कपिलवस्तु । महाराजगंज नगरपालिका–३ चौहट्टी बस्ने ५० वर्षीया महिलाको कानमा लगाइको एक जोर सुनको टप लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने २८ वर्षीय रामवृक्ष खटिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आफ्नो घर नजिकै शौचालय गरिरहेको अवस्थामा बुधबार अपरिचित व्यक्तिले ती महिलाको आँखामा खुर्सानिको धुलो हाली कानमा लगाएको एक जोर सुनको टप लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महाराजगंजबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न खटिकलाई एक जोर सुनजस्तो देखिने पहेलो धातुको टप सहित फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सूचना दिएको छ ।
वि.सं.२०७७ मंसिर १९ शुक्रवार १५:०६ मा प्रकाशित






























