back
CTIZAN AD

थापाथलीमा प्रचण्ड–माधव पक्षका विद्यार्थीहरुको भेला, अष्टलक्ष्मी शाक्यदेखि लेखनाथ न्यौपानेसम्म सहभागी

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

840 

shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद चर्किरहेको बेला अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका विद्यार्थीहरुको भेला थापाथली इन्जिनियरिङ कलेजमा सुरु भएको छ । भेलामा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटीदेखि केन्द्रीय कमिटीका नेताहरु सम्बोधन गर्नका लागि पुगेका छन् ।

भेलामा नेकपाको स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य तथा पूर्व विद्यार्थीहरु लेखनाथ न्यौपाने, रामकुमारी झाँक्री, ठाकुर गैरेलगायत उपस्थिति छन् ।

अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङका अनुसार प्रचण्ड–नेपालसहितका नेतासँग छलफलपश्चात भेलाको आयोजना गरिएको हो । उनले बताएअनुसार ओली पक्षका विद्यार्थी नेताहरुले बेग्लै भेलाहरु गर्न थालेसँगै देखिएको अन्यौंलता अन्त्य गर्न भेला गरिएको हो ।

‘केहि समय अगाडि ऐन जिहरुले सल्लाहसमेत नगरी देश दौहाडा कार्यक्रम गर्नुभयो, उहाँहरुले भेला गर्ने, गुट बनाउने अखिललाई मण्डले कमिटी जस्तो बनाउनु भो, हामी चुप लागेर बस्यौं, विद्यार्थीहरुमा निकै अन्यौंलता भयो’, संसार न्यूजसँगको कुराकानीमा तामाङले भने, ‘हामी विद्यार्थीहरुमा देखिएको अन्यौंलतालाई स्पष्ट पार्न भेला गरेका हाै।’

सम्बन्धित समाचार

नेकपा विवाद : प्रचण्ड–नेपाल समुहले विद्यार्थीहरुको छुट्टै भेला गर्दै

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १५:०१ मा प्रकाशित

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

पर्सामा एक सय किलो गाँजा पक्राउ

पर्सामा एक सय किलो गाँजा पक्राउ

काठमाडौैँ । जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल...

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौँ । विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए...

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि...