back
CTIZAN AD

इटालीमा पुन: प्रतिबन्धात्मक व्यवस्थाको घोषणा

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

915 

shares

१९ मंसिर, रोम । इटालीमा कोरोनाभाइरसको संक्रमण फैलिएको भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरुको घोषणा गरिएको छ । महत्वपूर्ण चाड पर्वहरु आएकाले चाड पर्व मनाउने क्रममा कोरोनाभाइरसको महामारी थप फैलिन सक्ने आँकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरु लागु गरिएको हो ।

प्रधानमन्त्री गिसेपे कोन्टेले नयाँ बर्षलगायतका चाड पर्व र विदा मनाउने क्रममा महामारी थप फैलिन नदिन नयाँ प्रतिबन्धात्मक व्यवस्थाहरु घोषणा गरिएको जानकारी दिए । नयाँ व्यवस्था अनुसार मानवीय गतिविधि तथा आवतजावतलाई नगरपालिका र क्षेत्रमा सिमित गरिने छ । एक नगर वा क्षेत्रबाट अर्को नगर वा क्षेत्रमा जान प्रतिबन्ध लगाइने उनले बताएका छन् ।

इटालीमा यो नयाँ व्यवस्था निर्णयमा डिसेम्बरमा हस्ताक्षर गरिएको सोही अनुसार सुरक्षाकर्मीहरु पनि परिचालन गरिने अधिकारीहरुले जनाएका छन् । “क्रिसमस विदा आउँदैछ, हामी एउटा संवेदनशील समयमा प्रवेश गर्दैछौँ, हामीले राम्रो ख्याल गरेनौं, लापर्वाही गर्यौ भने महामारी झन फैलिन सक्छ,” प्रधानमन्त्री कोन्टेले भने ।

नयाँ प्रतिबन्धात्मक व्यवस्था यही डिसेम्बर २१ देखि जनवरी ६ तारिखसम्म लागु हुने पनि उनले जानकारी दिएका छन् । रासस/एएनआई

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १४:५६ मा प्रकाशित

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...