
१९ मंसिर, पोखरा । कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा थप एक जनाको मृत्यु भएको छ ।
कास्कीको पोखरा उपमहानगरपालिका ८ की ६६ वर्षीया कोरोना संक्रमति महिलाको उपचारका क्रममा पोखराको चरक मेमोरियल अस्पतालमा शुक्रबार मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
ती महिलामा मंसिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी प्रदेशमा हालसम्म संक्रमित हुनेको संख्या १२ हजार ४७९ पुगेको छ ।