back
CTIZAN AD

निगमलाई हङकङ उडानमा फेरि प्रतिबन्ध

वि.सं.२०७७ मंसिर १९ शुक्रवार

699 

shares

१९ मंसिर, काठमाडौँ । नेपाली ध्वजाबाहक नेपाल वायु सेवा निगमको जहाज उडानलाई हङकङले पुनः दुई साताको लागि प्रतिबन्ध लगाएको छ ।

सोमबार उडान भरेको निगमको जहाजबाट हङकङ अवतरण भएका ५ यात्रुमा कोरोना परीक्षण पोजेटिभ देखिएपछि हङकङ सिभिल एभिएसनले पुनः प्रतिबन्ध लगाइएको हो । हङकङले चौथोपटक निगमलाई प्रतिबन्ध लगाएको हो । अब २ पौषसम्म निगमको जहाज हङकङ उडान गर्न पाउनेछैन ।

निजी प्रयोगशालाको रिपोर्टमाथि प्रश्न उठेपछि नेवानिले आफ्नो उडानबाट हङकङ जाने यात्रुलाई सरकारी प्रयोगशालामा जँचाएको रिपोर्ट अनिवार्य गरेको थियो । तर सरकारी प्रयोगशालामार्फत कोभिड–१९ परीक्षण गरेका यात्रुहरुहरुमा हङकङमा गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो ।

सुरुको उडानमा चार जनामा संक्रमण पुष्टि भएपछि हङकङले निगमलाई अक्टोबर ४ देखि १७ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो । त्यसपछिको अर्को उडानमा नौ जनामा कोरोना पुष्टि भएपछि पुन अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगायो ।

त्यसको एक सातापछि भएको अर्को उडानमा १४ जना संक्रमित पुष्टि भएपछि नेवानीलाई हङकङले नोभेम्बर १२ देखि २५ तारिखसम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

वि.सं.२०७७ मंसिर १९ शुक्रवार १७:१४ मा प्रकाशित

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...